एमाले जिल्ला कमिटी सदस्यमा डिल्ली घिमिरे मनोनित

स्थानीय तहको निर्वाचनमा पार्टी विरुद्ध उम्मेदवारी दिएका डिल्ली घिमिरेलाई नेकपा एमालेले जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । नेकपा एमाले झापाको पार्टी कार्यालय बिर्तामोडमा मंगलवार बसेको बैठकले घिमिरेसहित ९ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको हो ।
उनले ०७९ को स्थानीय तहको निर्वाचनमा मेचीनगरमा वागी उम्मेदवारी दिएका थिए । उपमेयरमा वागी उम्मेदवारी दिएका घिमिरेलाई पार्टी साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । उनले आफुबाट गल्ती भएको भन्दै पार्टीसँग क्षमायाचना गरेपछि कारबाही फुकुवा गरेर जिल्लामा मनोनित गरिएकोे हो । उनी सो समयमा जिल्लाको सचिवालय सदस्य र क्षेत्रीय संयोजक थिए ।
यस्तै, पार्टीको सचिवालय बैठकले गौरादह वडा नं। ७ मा वागी उम्मेदवारी दिएका बल बहादुर तामाङको पनि कारबाही फुकुवा गरेको छ । कारबाही फुकुवा गरेर जिल्ला कमिटीमा मनोनित गरिएको हो ।
बैठकले गत निर्वाचनमा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका नेताहरुलाई जिल्लामा मनोनित गरिएको सचिव शिव ढुङगेलले जानकारी दिए । उनका अनुसार कांग्रेस, माओवादी र जसपाबाट एमाले प्रवेश गर्ने ७ जनालाई जिल्ला सदस्यमा मनोनित गरिएको हो । मोहन कार्की, बलभद्र कोइराला, मिना कोइराला, पवन विष्ट, तुलसी निरौला, पुष्प गुरागाई र टेकेन्द्र चापागाईलाई जिल्ला कमिटी सदस्य मनोनित गरिएको ढुङगेलले जानकारी दिए । उनीहरुलाई पार्टीका पोलिटव्युरो सदस्य एवम् झापा जिल्ला इञ्चार्ज बिशाल भट्टराईले सपथ गराएका थिए ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...