कनकाई साप्ताहिक नबौ बर्षमा
सुरुङ्गा । झापाको मध्य भागबाट नियमित रुपमा प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिक नबौ बर्षमा प्रवेश गरेको छ ।
झापाको सुरुङ्गा क्षेत्रबाट नियमित रुपमा अनलाईन संकरण सहित प्रकाशित हुदै आइरहेको कनकाई साप्ताहिक यस क्षेत्रकै पहिलो अखबार र अनलाईन संकरण हो । पत्रिका प्रेस काउन्सिलबाट क बर्गमा बर्गिकृत हुदै आएको छ । पत्रिका र अनलाईन संस्करण नबौ बर्षमा प्रवेश गरेसगै पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले आगामी यात्रामा पाठकसामु अझ नौला र ज्ञानवद्धक सुचना र समाचारहरु पस्कने प्रतिवद्धता जनाउनुभएको छ ।
पत्रिका र अनलाईन नबौ बर्ष प्रवेशको अवशरमा सम्पादक प्रकाशक झापालीले सम्पुर्ण पाठक, विज्ञापनदाता, सहयोगी संघ संस्थाका प्रतिनिधि लगायातमा धन्यावाद तथा आभार कृतज्ञता ज्ञापन गर्नुभएको छ । आगामी दिनमा श्रव दृश्य सहितका डिजिटल सामाग्रीका साथमा पत्रिकालाई समेत थप परिस्कृत बनाउदै लैजाने झापालीले प्रतिवद्धता जनाउनु भएको छ ।
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...


