खबरमञ्च साप्ताहिक आठौ वर्षमा वर्षमा
काँकरभिट्टा । मेचीनगर–६ काँकरभिट्टाबाट नियमित प्रकाशित खबरमञ्च साप्ताहिक आठौ वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीवार प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले सफलताको सातौ बसन्त पार गरी आठौं वर्षमा प्रवेश गरेको हो ।
२०७३ साउन १० गते झापा जिल्ला प्रशासन कार्यालयबाट दर्ता प्रमाण पत्र प्राप्त गरी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको हो । मेचीनगर नगरपालिका तथा आसपासका क्षेत्रलाई केन्द्रमा राखी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको हो । खबरमञ्च साप्ताहिकले शहरी क्षेत्र भन्दा पनि मेचीनगरका ग्रामीण भेगलाई विशेष प्राथमिकतामा राखी जनताको समस्यालाई उजागर गर्ने प्रयास गरिरहेको छ ।
छापा माध्यमबाट सुरु गरेको खबरमञ्च साप्ताहिकले हाल छापा र अनलाइन दुबै संस्करणलाई निरन्तरता दिइ रहेको छ । खास गरी स्थानीय बिषयवस्तु र समेट्नै पर्ने समाचारका बिषयवस्तुलाई प्राथमिकतामा राखेर साप्ताहिकको अनलाइन संस्करण आम पाठकहरुले पढ्न पाइरहेका छन् ।
पत्रिकालाई यो अवस्थासम्म ल्याई पु¥याउन अमूल्य सल्लाह, सुझाव र साथ दिनु हुनै सबै पाठक वर्गमा पत्रिकाका प्रकाशक सम्पादक प्रकाश पौडेलले आभार प्रकट गरेका छन् ।
वार्षिक उत्सवको अवसरमा झापाका अग्रज पत्रकार, पत्रकार जन्य संघ–संगठन नेतृत्व, सञ्चारकर्मी तथा आम पाठकहरुले खबरमञ्चको आगामी दिनमा समेत यात्रा निरन्तरताको शुभकामना ब्यक्त गरेका छन् ।
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

