मेचीनगरमा लापसे चेकजाँच : तीन चालक प्रहरी नियन्त्रणमा
काँकरभिट्टा । लागु औषध सेवन गरी सवारी चलाउने तीन जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले बुधवार पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका-७ स्थित प्यारीभिट्टामा सवारीसाधनको लापसे चेकजाँच गर्ने क्रममा लागु औषध सेवन गरी सवारी चलाउने तीन जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा पठाएको छ । लापसे चेकजाँचमा जिल्ला ट्राफिक, इप्रका काँकडभिट्टा, ट्राफिक प्रहरी पोस्ट काँकडभिट्टा, यातायात व्यवसायी र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सवारीसाधन चलाउने चालकहरूलाई घटनास्थलमै लापसे जाँच गराउँदा तीन जना चालकले सेवन गरेको पाइएको ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

ट्राफिक प्रहरीले मापसेमा कडाइ गरेपछि पछिल्लो समयमा लापसे अभियानमा लागि परेको बताइएको छ । सोही क्रममा ट्राफिक प्रहरीले सवारी साधनमा नियम बमोजिम जडान गरिएका प्रेस हर्न समेत जफत गरेका थिए ।

मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
