सभापतिका उम्मेद्वार पोखरेलका ९ प्रतिवद्धताहरु
काँकरभिट्टा । नेपाल परिवार नियोजन संघ झापाको शनिबार हुने निर्वाचनमा सभापति पदका उम्मेदवार गणेशप्रसाद पोखरेलले ९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
उनले आफू सभापतिमा विजयी भएपछि नेपाल परिवार नियोजन संघको बन्दै गरेको क्लिनिकल भवनलाई पूर्णता दिने, अहिलेको भवन पुरानो भएकाले नयाँ र आधुनिक भवन निर्माणका लागि स्रोत व्यवस्थापन गरी काम सुरु गर्ने प्रतिवद्धता उल्लेख गरेका छन् ।
यसैगरी, चारआली, पृथ्वीनगर र दमकको क्लिनिकल सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन समन्वय गर्ने घोषणा गरेको सभापतिका उम्मेदवार पोखरेलले स्वयमसेवक र कर्मचारी बीचको समन्वयलाई प्रभावकारी बनाउने जनाएका छन् ।

संघका सबै सदस्यलाई संघले सञ्चालन गर्ने नीति, योजना र कार्यक्रममा सहभागिताको वातावरण बनाउने, गलत नियतले हटाइएका संघका सदस्यलाई पुनः सदस्य बनाउने, सामाजिक काममा अगुवा रहनु भएका नागरिकलाई संघको सदस्य बन्ने वातावरण बनाउने पोखरेलको प्रतिवद्धता छ ।
संघप्रतिको विश्वासको वातावरणलाई बृद्धि गर्दै झापाको अग्रणी सामाजिक संस्थाको रुपमा स्थापित गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग समन्वय गरी आधारभूत तहमा सचेतना अभियान सञ्चालन गर्ने र संघका अग्रजहरुको अनुभव र युवाहरुको योजनासहित स्मारिका प्रकाशित गर्ने पोखरेलले प्रतिवद्धता गरेका छन् ।
संघको निर्वाचन असार ३० गते शनिबार संघको कार्यालय चन्द्रगढीमा हुनेछ । जिल्ला सभापतिका उम्मेदवार पोखरेललाई नेकपा एमालेले आधिकारिक उम्मेदवार घोषणा गरिसकेको छ । पोखरेललाई विजयी गराउन नेपाली कांग्रेस र राप्रपाले पनि साथ दिएको दावी गरिएको छ ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...

