अनुगमनमा नगरप्रमुख बुढाथोकी : मापदण्ड अनुसार काम गर्न निर्देशन
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले निमार्णधिन झापा मार्गको कालोपत्रे अनुगमन गरेका छन् । बन्दै गरेको सडकमा कालोपत्रे मापदण्ड अनुसार भए नभएको पहिचान गर्न ईन्जिनियर सहितको टोलि लिएर नगरप्रमुख आफै फिल्डमा अनुगमनका लागि पुगेका हुन् ।
बिहिबार अनुगमनका क्रममा नगरप्रमख बुढाथोकीले मापदण्डमा कुनैपनि कन्जुस्याई गर्न नहुने बताए । उनले मापदण्ड अनुसार नै कार्य सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिए ।

३ करोड ६० लाखको बजेटमा कालोपत्रे बन्दै गरेको झापा मार्गमा मेचीनगर र संघको ५०/५० प्रतिशत लगानी रहेको छ । मेचीनगर-८ स्थित प्रतिभा चोक पश्चिम मेचे गाँउ हुँदै निन्दा बाध र निन्दा खोला पश्चिम बाधबाट मेचीनगर १० धुलाबारी छेउ करिब १४ सय मिटर ड्रेन सहितको कालोपत्रे सडक अहिले धमाधम बनिरहेको छ ।

अनुगमनमा नगर प्रमुख बुढाथोकीसंगैं कार्यापालिका सदस्य तथा मेचीनगर भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र धिमाल, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, ईन्जिनियरद्वय रोशन रिमाल, जीवन भट्टराई र सव ईन्जिनियर भुपेन्द्र तामाङ थिए ।
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

