मेचीनगरको एक बर्ष: ३० किलोमिटर भन्दा बढी सडकमा कालोपत्रे
मेचीनगर । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा रहेको मेचीनगर नगरपालिकामा चालुआर्थिक वर्षमा ३० किलोमिटर भन्दा बढी नगरक्षेत्रका सडक कालोपत्रे गरेको छ ।
नगरपालिकाले आफ्नो, प्रदेश र संघिय सरकारबाट प्राप्त बजेटले नगरका बिभिन्न स्थानमा सडक कालोपत्रे गर्ने कार्यलाई तिब्रता दिएको हो ।
नगरपालिकाले प्रत्येक वडामा २ किलोमिटर कालोपत्रे बाटो निर्माण गर्ने गरिको योजना अगाडी बढाइएको बताउँदै मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र धिमालले नगरमा ३० किलोमिटर भन्दा बढी सडकमा कालोपत्रे गरिसकिएको बताए ।
उनले संघ र प्रदेशको सरसर्थ अनुदानबाट मेचीनगर-१० मा करिब २.५ किलोमिटर तथा वडा नं ६,७,र ८ को चार वटा स्थानमा करिब २.५ किलोमिटर कालोपत्रे निर्माण अन्तिम चरण रहेको बताए । त्यस्तै झापा मार्गमा १२ सय मिटर र पुस्प लाल मार्गमा १ किलोमिटर निर्माण कार्य पनि अन्तिम चरण रहेको बताए ।
नगरपालिकाले भौतिक पुर्वाधारसंगै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिदैं आइरहेको छ । त्यस्तै पर्यटन प्रवर्धन, खानेपानी, विजुली बत्तीलगायतका क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

