मेचीनगरको एक बर्ष: ३० किलोमिटर भन्दा बढी सडकमा कालोपत्रे

मेचीनगर । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा रहेको मेचीनगर नगरपालिकामा चालुआर्थिक वर्षमा ३० किलोमिटर भन्दा बढी नगरक्षेत्रका सडक कालोपत्रे गरेको छ ।
नगरपालिकाले आफ्नो, प्रदेश र संघिय सरकारबाट प्राप्त बजेटले नगरका बिभिन्न स्थानमा सडक कालोपत्रे गर्ने कार्यलाई तिब्रता दिएको हो ।
नगरपालिकाले प्रत्येक वडामा २ किलोमिटर कालोपत्रे बाटो निर्माण गर्ने गरिको योजना अगाडी बढाइएको बताउँदै मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र धिमालले नगरमा ३० किलोमिटर भन्दा बढी सडकमा कालोपत्रे गरिसकिएको बताए ।
उनले संघ र प्रदेशको सरसर्थ अनुदानबाट मेचीनगर-१० मा करिब २.५ किलोमिटर तथा वडा नं ६,७,र ८ को चार वटा स्थानमा करिब २.५ किलोमिटर कालोपत्रे निर्माण अन्तिम चरण रहेको बताए । त्यस्तै झापा मार्गमा १२ सय मिटर र पुस्प लाल मार्गमा १ किलोमिटर निर्माण कार्य पनि अन्तिम चरण रहेको बताए ।
नगरपालिकाले भौतिक पुर्वाधारसंगै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिदैं आइरहेको छ । त्यस्तै पर्यटन प्रवर्धन, खानेपानी, विजुली बत्तीलगायतका क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...