फुल टिप्न हिँडेकी वृद्धाको हात्तीले कुल्चेर मृत्यु

मेचीनगर । मेचीनगर–१० धुलाबारीमा जंगली हात्तीको आक्रमणमा एक वृद्धाको आज विहान मृत्यु भएको छ ।
एकाविहानै महानन्द टोलस्थित छिमेकीको आँगनमा फुल टिप्न हिँडिरहेकी ८० वर्षीया पन्नादेवी साह विहान ४ बजेतिर जंगली हात्तीको आक्रमणमा परेकी थिइन् ।
हात्तीले कुल्चेर उनकाे घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष नारायण खनालले जानकारी दिए ।
‘बजारतिर हात्ती पसेको खबर सुनेपछि गाउँलेहरुलाई सतर्क हुनु भनेर भन्दै थिएँ,’ वडाध्यक्ष खनालले भने–‘उहाँ (पन्नादेवी) फुल टिप्दै हुनुहुँदोरहेछ । हात्ती छेउमै आइसक्दा भाग्न सक्नु भएन ।’
धुलाबारी इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरिरहेको छ ।

काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा...

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको...

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...

काँकरभिट्टा । काँकरभिट्टा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको...