महासंघका अध्यक्ष र संयोजकलाई चौतारीले वहिष्कार गर्ने
झापा । प्रेस चौतारी झापाले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष र सदस्यता शुद्धिकरण कार्यदलका संयोजक सहभागी कार्यक्रम वहिष्कार गर्ने जनाएको छ ।
सदस्यता शुद्धिकरणको नाममा नेपाल पत्रकार महासंघ झापाले गरेको पक्षपात र पूर्वाग्रही कार्यको विरोधमा वहिष्कार लगायतको आन्दोलन कार्यक्रम अघि सारिएको चौतारीका झापा अध्यक्ष मनकुमार गदालले बताए ।
चौतारीको जिल्ला कार्य समितिको आज विर्तामोडमा सम्पन्न विस्तारित बैठकले उक्त आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको गदालले बताए ।
केन्द्रले तोकेको मापदण्डभन्दा बाहिर गएर महासंघ झापाले चौतारी आवद्ध पत्रकारहरुलाई छानीछानी सदस्यताबाट वञ्चित गर्ने प्रयास गरिरहेको अध्यक्ष गदालको आरोप छ ।
उनले आज प्रेस विज्ञप्ति जारी गर्दै तीन बुँदे आन्दोलन कार्यक्रम सार्वजनिक गरेका हुन् । जसको पहिलो र दोस्रो बुँदामा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र शुद्धिकरण कार्यदलका संयोजक केशव भट्टराई सहभागी हुने कुनै पनि कार्यक्रम वहिष्कार गरिने उल्लेख छ ।
चौतारीले उनीरु दुईजनालाई कुनै पनि कार्यक्रममा नबोलाउन तीनै तहका सरकारहरु, राजनीतिक दलहरु, सामाजिक संघ–संस्थाहरु समेतलाई आह्वान गरेको छ ।
विरोध कार्यक्रममो तेस्रो बुँदामा शुद्धिकरण अभियानका सन्दर्भमा भएका गलत कार्यविरुद्ध महासंघ झापा शाखाका पूर्व अध्यक्षहरु, पत्रकारजन्य संगठनका अध्यक्षहरु, प्रेस क्लबका अध्यक्षहरु, शुद्धिकरणका नाममा अन्यायमा पारिएका महासंघका सदस्यहरुसँग छलफल अन्तरक्रिया गर्ने चौतारीले जनाएको छ ।
महासंघको केन्द्रीय कमिटीले सदस्यता शुद्धिकरणका लागि १५ बुँदे मापदण्ड बनाएर कार्यान्वयनका लागि जिल्ला शाखाहरुमा पठाएको थियो । तर, झापाको पत्रकार महासंघ नेतृत्वले पूर्वाग्रही र आफुखुशी मापदण्ड बनाएर धेरै सक्रिय पत्रकारहरुलाई सदस्यताबाट हटाउने र मापदण्डले शुद्धिकरण हुनुपर्नेहरुलाई योजनाबद्ध रुपमा जोगाएको चौतारीको आरोप छ । चौतारीले जेठ ३२ गतेदेखि महासंघको शाखा कार्यालयमा धर्ना कार्यक्रम गर्दै आएको थियो ।

मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
