• सोमवार, कार्तिक ४, २०८२
  • | October 20, 2025

मेचीनगर-४ : बाहुनडाँगी स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु


मेचीनगर । मेचीनगर-४ रहेको बाहुनडाँगी स्वास्थ चौकीमा आजदेखि प्रयोगशाला (ल्याब) सेवा शुभारम्भ भएको छ।

स्वास्थ क्षेत्रमा पछि पर्दै आएको मेचीनगर-४ स्थित बाहुण्डाँगी सेवाको शुक्रबार बिहान मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका हुन् । अब बाहुण्डाँगी स्वास्थ चौकीबाट सेवाग्राहीले रगत परिक्षण लगायतका सेवामा सहज भएको छ ।

उद्घाटन शत्रमा बोल्दै नगरप्रमुख बुढाथोकीले बाहुण्डाँगी स्वास्थ चौकीमा सेवा थपिएसंगै अब मेचीनगर-४ का मात्रै होइन साविक बाहुण्डाँगी गाविस क्षेत्रका सबै नागरिकले लाभ लिन सक्ने बताए ।

नगरका सम्पूर्ण नागरिकहरूलाई स्वास्थ सेवा सहजरूपमा उपलब्ध गराउन आफुहरू लागि परेको बताउँदै उनले अब मेचीनगरबासीले स्थानीय क्षेत्रमा नै सर्वसुलभ स्वास्थ सेवा उपलब्ध गराउन नगरका स्वास्थ शाखा, उपशाखा र स्वास्थ चौकीमा विभिन्न सेवाहरू थप्दै जाने लक्ष्य रहेको बताए ।

सेवा सुभारम्भ कार्यक्रममा मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर सामाजिक विकास शाखा प्रमुख बरिष्ट प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, मेचीनगर स्वास्थ शाखा प्रमुख सावित्रा सापकोटा, पुर्व बाहुण्डाँगी गाविस अध्यक्ष निलकण्ठ तिवारीलगायतको आतिथ्यता रहेको थियो ।


मितेरीले ल्यायो काठमाडौंसम्म सुतेर जान मिल्ने यात्रुबस

काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

चारआली खानेपानीको परिषद् सभा सम्पन्न

चारआली । चारआली साना सहरी खानेपानी तथा सरसफाई...

‘हरिबहादुरको जुत्ता’लाई दर्शकको साथ, बढ्यो शो 

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

जेनजी आन्दोलनका सहिदहरुको स्मृतिमा मेचीनगरमा म्याराथन दौड प्रतियोगिता

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

‘वर्षा गराउने मौसम प्रणाली नेपालबाट बाहिरियो’

झापा ।  जल तथा मौसम विज्ञान विभागले वर्षा...

बाढीपहिरो अपडेट : झापामा एकको मृत्यु, २५ हजारबढी विस्थापित

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...

बाढीपहिरो अपडेट : झापामा ४३१ घर डुबानमा

झापा। हिजो साँझदेखि  परेको भारी वर्षाले झापाका विभिन्न...