प्रेस चाैतारी : पत्रकार महासंघकाे कार्यलयमा कालो झन्डा राखेर धर्ना
विर्तामाेड । नेपाल पत्रकार महासंघ झापा शाखाले मापदण्ड मिचेर सदस्यहरुको नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी झापा आन्दोलनमा उत्रिएको छ।
महासंघले सदस्य शुद्धीकरणको नाममा केन्द्रले पठाएको मापदण्ड मिचेर आफुखुसी नाम सिफारिस गरेको भन्दै त्यसका विरुद्ध आन्दोलन गर्नु परेको प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज सन्तोष आचार्य जानकारी दिए ।
उनले महासंघले गरेको कार्यका विरुद्ध आन्दोलन सुरु गरेकाे बताए । उनले यसको थालनी स्वरुप आज महासंघमा कालो झन्डा राखेर धर्ना दिएकाे दावी गरे ।
महासंघले पठाएको नामका सन्दर्भमा प्रदेश कमिटीले छनविन समिति माग गरिएको छ ।
राजनीतिक आस्था भएकै कारण र गैर पत्रकारको समेत नाम शुद्धीकरणका लागि सिफारिस गरेकोमा चौतारीको आपत्ती रहेको छ ।
महासंघको केन्द्रीय समितिले पारित गरेको १५ बुँदे मापदण्ड हुबहु पालना हुनु पर्नेमा चौतारी जोडदार माग गर्दछ । तर झापामा यो नभएकोले आन्दोलनमा उत्रन बाध्य भएका चाैतारीकाे बुझाइ छ ।
चौतारीले आफ्नो मागको बेवास्था गरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


