मेचीनगर : नदीजन्य पदार्थ उत्खनन र संकलनमा रोक
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्यमा रोक लगाएको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै उक्त कुरा जनाएको हो ।
मेचीनगरको मेची, निन्दा, टिमाइलगायतका खोलाबाट ढुंगा, गिट्टी, बालुवालगायतको नदिजन्य पदार्थ प्रयोग गरिँदै आएको छ ।
नगरपालिकाले नेपाल सरकारको निणर्यानुसार बिगत बर्षहरु झै यस वर्ष पनि आषाढ, श्रावण र भाद्र महिनाभरी यस नगरपालिका क्षेत्रमा रहेको नदी, खोलाहरुबाट नदीजन्य सामाग्रीहरु जस्तै ढुंगा, गिट्टी, बालुवा, ग्राभेल आदि उत्खनन तथा संकलन कार्य बन्द गरिएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले जानकारी दिए ।
उत्खनन तथा संकलनमा यदि कसैले नेपाल सरकारको उक्त निणर्यहरुको बर्खिलाप भएको पाइएमा नियमानुसार दण्ड, जरिवाना गरिने उनले बताए ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
