न्वारानमा भोज खाएका मागुरमाडीका २७ जना अस्पताल भर्ना

मेचीनगर । दुई दिनअघि न्वारानको भोज खाएका मेचीनगरका स्थानीयहरु बिरामी भएपछि अस्पतालमा उपचार भइरहेको छ ।
मेचीनगर-९ माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको मेचीनगर-९ का वडाध्यक्ष कञ्चनकुमार तामाङले जानकारी दिए ।
बिरामीहरुको स्थानीय मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ । भोजमा रहेको परिकारमा अखाद्य पदार्थ मिसावट हुँदा फुड पोइजनका कारण स्थानीयहरु बिरामी भएको अस्पतालले जनाएको छ ।
स्थानीयहरुमा बान्ता हुने, ज्वरो आउने तथा पखाला चल्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । तामाङका अनुसार २७ जनाको उपचार भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले भोलिसम्म डिस्चार्ज हुने अस्पताल प्रशासनले जनाएको छ ।
बिरामीहरुको उपचारका लागि नगरपालिकाको स्वास्थ्य शाखाले समन्वय गरिरहेको नगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन् । शाखाले निःशुल्क औषधिको व्यवस्था गरेको छ ।
गर्मी मौसमका कारण खानेकुराहरु लामो समय बाहिर राख्न र पकाउने बितिक्कै सेवन गर्न चिकित्सकले सुझाएका छन् ।

काँकरभिट्टा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची...

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...