भन्सार नतिरी सामान ल्याउन नदिइएपछि काँकरभिट्टा नाकामा प्रदर्शन

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय महिला व्यापारीहरुले सशस्त्र प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् । सशस्त्र प्रहरीले भन्सार नगरी सानो परिमाणमा भारतबाट नेपालमा सामान ल्याउन नदिएको भन्दै महिलाहरुले प्रदर्शन गर्दा पूर्वी नाकाको स्थिती दिनभर तनावग्रस्त बनेको हो ।
काँकरभिट्टा, धुलाबारी, चारअलाी, सुरुङ्गा तथा दमक उर्लाबारी लगायतका ठाँउहरुबाट महिलाहरु भारतको पानीट्याङ्कीबाट घरायसी सामानहरु, किराना तथा लत्ता कपडा लगायतका वस्तुहरु नेपालमा ल्याउने व्यवसायमा छन् ।
वर्षौँदेखि कम भन्सार तिरेर वा भन्सार नतिरी सानो परिमाणमा उक्त वस्तुहरु नेपाल ल्याउने गरिरहेका उनीहरुलाई सशस्त्र प्रहरीले भन्सार नतिरी र नेपालमा प्रतिवन्धित वस्तुहरु ल्याउन नदिएपछि तनावको अवस्था सृजना भएको थियो ।
प्रदर्शनमा सशस्त्र प्रहरी र व्यपारी महिलाहरु विच घम्साघम्सी र ठेलाठेल समेत भएको थियो । पहिले पहिले प्रहरीले सामान नेपाल भित्राए वापत नजराना लिनेगरेको कारण उनिहरु निर्वाद भारतबाट सामान नेपालमा ल्याइरहेका थिए । भन्सार मुल्य बढी भएका कारण खरिद मुल्य भन्दा बढी भन्सार तिर्नुपर्ने भएपछि सामानहरु लुकिछिपि र भन्सार छलिगरी लानुपरेको वाध्यता भएको व्यापारीहरू बताउँछन् ।
काँकरभिट्टा बोडर आउटपोष्टबाट खटिएका शसस्त्र प्रहरीको दुइओटा लाठी समेत प्रदर्शनकारीले खोसिदिएका थिए । उनीहरुले सिटी सफारी र अन्य मानिसहरुको आवत जावतमा समेत अवरुद्ध पर्न खोजेका थिए ।
भन्सारबाट सशस्त्रप्रहरी फिर्ता गर, रुपैयाँ लिएर पनि सामान समात्ने सशस्त्र प्रहरीका घुमुवा प्रहरी राम तामाङलाई कारवाही गर, गरी खान देऊ लगायतको नारावाजी गर्दै महिला व्यापारीहरुले प्रदर्शन गरेका थिए ।

काँकरभिट्टा । मेचीनगर गोल्डकप सञ्चालन गर्दा साढे २४...

झापा । कोशी प्रदेशका पालिकाहरुमा बढुवा भएका कर्मचारीहरु...

झापा । डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४...

मेचीनगर । नेपालका पूर्वी जिल्लाहरुमा भारतीय नम्बर प्लेट...

बिर्तामोड । व्यक्ति मरेर जान्छ, तर उसको विचार...

काँकरभिट्टा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची...

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...