जेठ २५ गते मेचीनगरमा बुद्धकला यात्रा
मेचीनगर । नेपाली कलाको इतिहासमै पहिलो पटक मेचीनगरमा उपयोगी कला प्रदर्शनी तथा बुद्धकला यात्रा हुने भएको छ । ललितकला जस्तै उपयोगी कलालाई पनि एक महत्वपूर्ण विधा मानिन्छ ।
आउँदो जेठ २५ गते विहीवार मेचीनगरस्थित इटाभट्टाको आदर्श माविमा कार्यक्रम गर्न लागिएको परिकल्पनाकार तथा कला संयोजक केसाङ लामाले बताए । बुद्धको देश नेपाल भनेर चिनाउन उक्त कार्यक्रम आयोजना गरिएको हो । उक्त दिन हातले लेखेको सबैभन्दा लामो ८० मिटरको ब्यानर प्रदर्शनी गरिनेछ ।
यस्तै, कार्यक्रममा १५० विद्यार्थीले ‘यो हो बुद्धको देश नेपाल’ गीत एकैपटक गाउने छन् । उक्त गीत पनि केसाङ लामाले लेखेका हुन् । कलाकार लामा मेचीनगर−६ निवासी हुन् । उनी लामो समयदेखि आर्टकलामा कृयाशील छन् । आर्टकलामार्फत उनले देशभर अभियान सञ्चालन गर्दै आएका छन् ।
कलाकार लामाले बुद्धयात्रालाई अभियानको रुपमा सञ्चालन गरिने बताए । उनले भने, ‘मेचीनगरबाट अभियान सुरु गरेको छौं, अभियानलाई लुम्बिनीसँग जोडेर विश्वभर नेपाललाई चिनाउने हाम्रो प्रयास हो ।’ उनले आफ्नै प्रयासबाट उपयोगी कलालाई स्थापित गर्न लागिएको पनि स्पष्ट पारे ।
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

