मेचीनगर नगरपालिका : राजस्व परामर्श सम्बन्धि छलफल
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले राजस्व परामर्श सम्बन्धि छलफल सुरू गरेको छ । मेचीनगर नगरपालिका अन्तरगत राजस्व परामर्श समितिकाे आयाेजनामा विहिवार कर, करकाे दायरा र व्यवस्थित व्यवस्थापन सम्बन्धि नगरका विभिन्न उद्योगी, व्यवसायी, यातायात व्यवसायी संघ संस्थासंग छुट्टाछुट्टै छलफल सम्पन्न गरेको हो ।
छलफलमा सहभागी संग नगर प्रमुख गाेपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेतीले आगामी आर्थिक वर्ष २०८०/२०८१ काे लागि नगरपालिका प्रस्तुत गर्ने बजेट, कर, करकाे दायरा लगायतका विषयमा छलफल गरेका थिए ।
छलफलमा निवर्तमान नगरप्रमुख विमल आचार्य, प्रमुख प्रशासकीय अधिकृत मोहन पराजुलीलगायत विभिन्न उद्योगी, व्यवसायी, यातायात व्यवसायी संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


