मेचीनगर नगरपालिका : राजस्व परामर्श सम्बन्धि छलफल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले राजस्व परामर्श सम्बन्धि छलफल सुरू गरेको छ । मेचीनगर नगरपालिका अन्तरगत राजस्व परामर्श समितिकाे आयाेजनामा विहिवार कर, करकाे दायरा र व्यवस्थित व्यवस्थापन सम्बन्धि नगरका विभिन्न उद्योगी, व्यवसायी, यातायात व्यवसायी संघ संस्थासंग छुट्टाछुट्टै छलफल सम्पन्न गरेको हो ।
छलफलमा सहभागी संग नगर प्रमुख गाेपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेतीले आगामी आर्थिक वर्ष २०८०/२०८१ काे लागि नगरपालिका प्रस्तुत गर्ने बजेट, कर, करकाे दायरा लगायतका विषयमा छलफल गरेका थिए ।
छलफलमा निवर्तमान नगरप्रमुख विमल आचार्य, प्रमुख प्रशासकीय अधिकृत मोहन पराजुलीलगायत विभिन्न उद्योगी, व्यवसायी, यातायात व्यवसायी संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...