भोलिदेखि प्रथम मेचीनगर वडास्तरीय फुटसल प्रतियोगिता

मेचीनगर । प्रथम मेचीनगर वडास्तरीय फुटसल प्रतियोगिता भोलिदेखि धुलाबारीमा सञ्चालन हुँदैछ ।
आज धुलाबारीमा आयोजक फुटसल एरिनाले गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराएको हो ।
धुलाबारी फुटसल एरिनाका सञ्चालक विवेक वस्नेतले मेचीनगर–२, ३, ४, ५ र १३ नम्बर वडा बाहेक अन्य दश वटा वडा फुटसल प्रतियोगितामा सहभागी हुने बताए ।
यही बैशाख ६ देखि ९ गतेसम्म हुने प्रतियोगितामा दुई लाख २५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।
प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले १५ नगदसहित ट्रफी तथा मेडल प्राप्त गर्ने सञ्चालक वस्नेतले जानकारी दिए ।
दिउँसो ३ वजेदेखि सुरु हुने प्रतियोगिताको सहआयोजकका रुपमा स्थानीय हलेसी मेडिकल हल रहेको छ ।
एरिनाले स्थापनाकालदेखि लागूऔषधमा फसेका युवा, विद्यार्थी, विभिन्न संघ–संस्था र युवा लक्षित विभिन्न प्रतियोगिता गर्दे आएको सञ्चालकको भनाई छ ।
एरिनाका सञ्चालक विवेक वस्नेतको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन विनय कार्कीले गरेका थिए ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...