भोलिदेखि प्रथम मेचीनगर वडास्तरीय फुटसल प्रतियोगिता
मेचीनगर । प्रथम मेचीनगर वडास्तरीय फुटसल प्रतियोगिता भोलिदेखि धुलाबारीमा सञ्चालन हुँदैछ ।
आज धुलाबारीमा आयोजक फुटसल एरिनाले गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराएको हो ।
धुलाबारी फुटसल एरिनाका सञ्चालक विवेक वस्नेतले मेचीनगर–२, ३, ४, ५ र १३ नम्बर वडा बाहेक अन्य दश वटा वडा फुटसल प्रतियोगितामा सहभागी हुने बताए ।
यही बैशाख ६ देखि ९ गतेसम्म हुने प्रतियोगितामा दुई लाख २५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।
प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले १५ नगदसहित ट्रफी तथा मेडल प्राप्त गर्ने सञ्चालक वस्नेतले जानकारी दिए ।
दिउँसो ३ वजेदेखि सुरु हुने प्रतियोगिताको सहआयोजकका रुपमा स्थानीय हलेसी मेडिकल हल रहेको छ ।
एरिनाले स्थापनाकालदेखि लागूऔषधमा फसेका युवा, विद्यार्थी, विभिन्न संघ–संस्था र युवा लक्षित विभिन्न प्रतियोगिता गर्दे आएको सञ्चालकको भनाई छ ।
एरिनाका सञ्चालक विवेक वस्नेतको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन विनय कार्कीले गरेका थिए ।
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

