पहिचानवादीले लगाए मेचीनगरमा ताला
मेचीनगर । शुक्रबार पहिचानवादी संघर्ष समितिले मेचीनगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । उनीहरुले प्रदेशको नामको बिरोध गर्दै ताला लगाएका हुन् ।
प्रदेशको नाम कोशी राख्दा पहिचान नसमेटिएको भन्दै उनीहरुले मेचीनगर नगरपालिका कार्यालयको मुख्य ढोकामा ताला लगाएर विरोध जनाएका हुन् ।
नगरपालिकाका कर्मचारीलाई बाहिर राखेर ताला लगाएको पहिचानवादी संघर्ष समिति मेचीनगर संयोजक ओमप्रकाश खापुङलले बताएका छन् । तालाबन्दी पछि सम्बोधन गर्दै उनीहरुले पहिचानलाई समेटिने गरी प्रदेशको नाम राख्नु पर्ने बताएका छन् ।
प्रदेशको नाम कोशी हटाएर पहिचान सहितको नाम नराखेसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन् ।
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


