काँकरभिट्टा क्याम्पसमा स्ववियु निर्वाचन : मतदान सुरू

काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन लागी मतदान सुरू
भएकाे छ । बिहान ८ वजे बाट मतदान सुरू भएकाे हाे ।
कुल ६१६ जना मतदाता रहेको स्ववियु निर्वाचनको लागि मतदान सहज होस भन्नका लागि २ वटा केन्द्र स्थापना गरिएको छ । क्र.सं ०१ देखि ३०० सम्म मतदान केन्द्र ‘क’ मा र क्र.सं ३०१ देखि ३१६ सम्म मतदान केन्द्र ‘ख’ मा मतदान हुनेछ ।
त्यस्तै निर्वाचन प्रयोजनका लागि दर्ता भएका ५ वटा संघ, संगठन, समूहबाट ४/४ जनाको दरले बुथ प्रतिनिधिको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । यस निर्वाचनले प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ ७ जना गरी कुल १५ सदस्यीय स्ववियु गठन गर्नेछ ।
झापाका अधिकांश क्याम्पसमा स्ववियु नेतृत्व चयन भइसकेपनि काँकरभिट्टामा चयन हुन सकिरहेको थिएन । गत ५ गते तोकिएको निर्वाचन असहज परिस्थिती भएको भन्दै स्थगित गरिएको थियो । आज सम्पन्न मतदानले भने काँकरभिट्टा क्याम्पसले नयाँ स्ववियु नेतृत्व चयन गर्नेछ ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...