अखिल काँकरभिट्टा क्याम्पस : विद्यार्थीको पढ्न पाउने अधिकार माथी कुठारागात भाे

मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पसले नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) का दुई विद्यार्थी नेतालाई निलम्बन गरेको छ । क्याम्पसले अनेरास्ववियुका झापा जिल्ला कार्यालय सचिव सन्तोष धमला र काँकरभिट्टा क्याम्पस कमिटि अध्यक्ष सन्देश पौडेललाई तीन महिना निलम्बन गर्ने निर्णय गरेसंगै त्यसको विरोध गर्दै अनेरास्ववियुले विज्ञप्ती निकालेको छ ।
अनेरास्ववियु सदैव विद्यार्थीको पक्षमा छ । विज्ञप्ती निकाल्दै अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष रोशन लामाले क्याम्पस प्रशासन, निर्वाचन समितीले राजनितिक अभिष्ट पुरा गर्ने नाममा सङठनको घोषित आन्दोलनमा लागेका आन्दोलनरत विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार माथी कुठारागात गर्ने प्रयास गरेको आरोप लगाए । उनले भने, क्याम्पस प्रशासनको यस प्रकारको निर्णय प्रति अनेरास्ववियु खेद प्रकट गर्दछ ।
यता क्यम्पस प्रमुख लक्ष्मी उप्रेतीले क्याम्पको बोर्ड जलाउने, तोडफोड र आगजनि गर्ने विद्यार्थी समुहको अगुवाई गर्ने विद्यार्थीसन्तोस धमला र सन्देस पौडेललाई तीन महिनासम्म क्याम्पसबाट निलम्बलन गरिएको बताए ।

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...