झापा नेशनल स्कुलमा रोबोटिक्स फेयर
मेचीनगर । आगामी चैत ३ र ४ गते मेचीनगर–७ स्थित झापा नेशनल स्कुलले आफ्नो १२ औँ बार्षिकोत्सवको अवसरमा ‘रोबोटटिक्स फेयर’ प्रदर्शनी गर्ने भएको छ ।
ईटाभट्टामा झापा नेशनल स्कुलका प्रिन्सिपल कमल भेटवालले पत्रकार सम्मेलन गरेर आगामी चैत ३ र ४ गते बार्षिकोत्सवको अवसरमा ‘रोबोटटिक्स फेयर’ प्रदर्शनी गर्ने भएको जानकारी गराएका हुन् ।
उनका अनुसार कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले कोडिङ, ईलेक्ट्रिक तथा मेकानिकल पाटर्सबाट बनाएका रोबोटका २० वटा भन्दा बढी प्रकारका वस्तुहरु प्रत्यक्ष अवलोकन गर्न सकिने छ ।
प्रदर्शनीमा राखिने रोबोटलाई मोवाइल, रिमोट तथा अन्य वस्तुको सेन्सरबाट सञ्चालन गर्न सकिने प्रिन्सिपल भेटवालको भनाई छ ।
प्रदर्शनीमा राखिने रोबोटका विषयमा स्कुलका ५ जना विद्यार्थीले जानकारी गराउने स्कुलले जनाएको छ । झापामा सायद पहिलो पटक ‘रोवर्डटिक्स फेयर’ प्रदर्शनी गर्न लागिएको भेटवालको दावी छ । २ वर्षदेखि स्कुलमा रोबोटटिक्सका बारेमा कक्षा नै सञ्चालन भईरहेको उनले बताए ।

विद्यार्थीलाई पढाईमा मात्र ध्यान नदिएर खेलकुद तथा अतिरक्ति क्रियाकलापमा पनि समावेश गराउने उद्देश्यले रोबोटटिक्सको कक्षा पनि सञ्चालन गरिएको भेटवालले बताए ।
बार्षिकोत्सवको अवसरमा चैत ३ र ४ गते औपचारिक कार्यक्रमका साथै नित्य, रोबोटटिक्स फेयर’ प्रदर्शनी , विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार, मेडल र प्रमाणपत्र समेत वितरण गरिने छ ।
मेचीनगरका सामुदायिक तथा संस्थागत विद्यालयहरुका विद्यार्थी तथा अभिभावकहरुले निःशुल्क ‘रोबोटटिक्स फेयर’ प्रदर्शनी प्रत्यक्ष हेर्न पाउने छन् । पत्रकार सम्मेलनको सञ्चालन झापा नेशनल स्कुलका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले गरेका थिए ।
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

