ओली प्रतिष्ठान : भट्टराई र रेग्मी सम्मानित
इटाभट्टा । रामप्रसाद देवी ओली प्रतिष्ठान तथा बिष्णुदेवी ओली अक्षयकोषद्वारा सामाजिक क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरु र विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
शनिबार मेचीनगर–७ स्थित गोमनसरीमा आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य शुभद्रा भट्टराई अर्यालसगैँ भारत दार्जिलिङमा रहेर साहित्यमा कलम चलाउने साहित्यकार कमल रेग्मी, सामाजिक व्यक्तित्व गोविन्द घिमिरे, हर्कबहादुर भुजेल, दिलमाया बस्नेत तथा विद्याथीहरु लगायतलाई सम्मान गरिएको हो ।
पूर्व प्रज्ञा सदस्य भट्टराईलाई नगद ५ हजार १ सय नगदसहित दोसल्ला आढाएर सम्मान पत्र प्रदान गरिएको छ । यस्तै स्रष्टा रेग्मीलाई नगद ११ हजार १ सयसगैँ सम्मान गरिएको छ ।
कार्यक्रममा प्रतिष्ठानले विद्यार्थी विजय तामाङ, विजय क्षेष्ठ, प्रजिता खनाल, कृष्टिना गौतम, निरज राउत लगायतलाई नगद ५ हजारसहित सम्मान गरेको थियो । कार्यक्रममा विद्यार्थीसगैँ विभिन्न क्षेत्रबाट उपस्थित हभएका साहित्यकारहरुले कविताहरु प्रस्तुत गरेका थिए ।
भानु साहित्य प्रतिष्ठान मेचीनगरका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकारहरु भिम खवास, विनोद खनाल, केन्द्रप्रसाद भट्टराई, भगवती ढुंगेल लगायतले कवितासगैँ शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


