सधैं हिँडिरहने देवी कहाँ छन् ?

मेचीनगर । मेचीनगर–९, खुट्टीडाँगी निवासी देवीप्रसाद अर्याल एकाएक वेपत्ता भएका छन् । मानसिक सन्तुलन गुमाएका ४७ वर्षीय अर्याल गत फागुन १४ गतेदेखि परिवारबाट सम्पर्कविहीन बनेका हुन् ।
११ दिनअघि बहिनीको फारम टोल मेनपा–९ घर जान्छु भनेर हिँडेका देवी अहिलेसम्म फेला नपरेको परिवारले जनाएको छ । अरुबेला पनि हिँडिरहने देवी त्यस दिनदेखि घर फर्किएका छैनन् । खुट्टीडाँगीबाट फारम टोल दैनिक आउआउ गर्ने गरेका देवी कहाँ गएका छन् भन्ने अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।
युवा अवस्थामा मानसिक सन्तुलन गुमाएका देवीलाई स्थानीयले प्रायः चिन्दछन् । सबैसँग नजिक हुन खोज्ने देवी सहयोगी पनि थिए । सधैँजसो गाउँतिर घुम्ने देवी हराएको पाँच दिन पछि मेचीनगर–९ स्थित पानीटेंकीमा स्थानीयले देखेका थिए । तर, स्थानीयले हराएको भन्ने शंका गरेनन् । त्यसपछि उनी कता गए थाहा छैन ।
परिवारले उनलाई सबैतिर खोजि गरिसकेको छ । अझै भेटिएका छैनन् । उनको परिवारमा वृद्ध बाबुआमा मात्रै छन् । उनी हराएपछि परिवारमा चिन्ता थपिएको छ । विहीबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले देवीका बुवाआमालाई भेटेका छन् । नगर प्रमुख बुढाथोकीले देवीको खोजी कार्यमा सहयोग गर्ने बताएका छन् ।

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...