प्रथम वडाध्यक्ष कप आजदेखि, उद्घाटन शत्रमा पत्रकार र जनप्रतिनिधि बिच मैत्रिपूर्ण खेल हुने

झापा । झापाको मेचीनगर-९ मा प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिता आजदेखि हुँदै छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ ले आयोजना गरेको सो प्रतियोगिता स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा आजदेखि सुरु हुँदैछ ।
उद्घाटन खेलमा थोप्लेविरान क्षेत्र र माथिल्लो मागुरमाडी क्षेत्र बिच प्रतिष्पर्धा हुने आयोजक समितिले जनाएको छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ का सचिव राजु धिमालका अनुसार प्रतियोगिताको उद्घाटन शत्रमा प्रेस क्लब मेचीनगरका पत्रकार र मेचीनगर नगरपालिकाका जनप्रतिनिधि बिच मैत्रिपूर्ण खेल समेत हुने बताए ।
फागुन ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा माथिल्लो मागुरमाडी क्षेत्र, थोप्लेविरान क्षेत्र, हिमालयन झरना क्षेत्र, झापा लिलाबस्ती क्षेत्र, चियावाल्नी गाउँ क्षेत्र, मागुरमाडी क्षेत्र, खुट्टीडाँगी क्षेत्र, फाराम सातपाखे क्षेत्र र बजार क्षेत्र गरी ९ टिमबीच सहभागीता रहेको छ।
प्रतियोगिताका विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...