बचत गर्ने बानी सिकाउँदै नैनेखाल समूह
धुलाबारी । मेचीनगर–९ थोप्लेविरानमा रहेको नैनेखाल बचत समूहको १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले समूहलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने लगायतका निर्णय पारित गरेको छ ।
समूहका अध्यक्ष रुद्रप्रसाद फुयलको अध्यक्षता तथा पत्रकार झुलन रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा रेग्मीले बचत गर्ने बानीको विकासले आर्थिक पाटो मजबुत हुने बताए । कार्यक्रममा समूहका सल्लाहकार समिति संयोजक हरिप्रसाद चापागाईं, सदस्य जयप्रसाद बाँस्तोला लगायतले शु्भकामना मन्तव्य व्यक्त गरेका थिए ।
समूहका सचिव एकराज नेपालले कार्यक्रमको सञ्चालन गरेका थिए भने स्वागत समूहकी उपाध्यक्ष जया रोक्काले गरेकी थिइन् । मासिक दुई सय रुपैयाँ बचत गरिँदै आएको सो समूहमा ४२ जना शेयर सदस्य छन् ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


