खुट्टीडाँगी सामुदायिक वनको साधारण सभा सम्पन्न

मेचीनगर । मेचीनगर – ९ स्थित खुट्टीडाँगी सामुदायिक वनको २४ औ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
सामुदायिक वन परिषरमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले पर्यटन प्रवद्र्धनमा सामुदायिक वनले महत्वपूर्ण भूमिका निर्वाहगरिरहेको बताए । नगर क्षेत्रमा रहेका सिमसार तथा सामुदायिक वनलाई सिंगार्ने अभियानमा नगरले हातेमालो गरिरहेको उनको भनाई थियो ।
सामुदायिक वनका अध्यक्ष टंक नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक वन महासंघ मेचीनगरकी सचिव जानुका ओली, तेजराज रिजाल, अस्मिता खरेल लगायततले बोलका थिए । कार्यक्रमको सञ्चालन सचिव सुस्मा कार्की डोलीले गरेकी थिइन् ।
पछिल्लो समय मेचीनगर–९ स्थित खुट्टीडाँगी सामुदायिक वन पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गएको छ ।
वन क्षेत्रमा पर्यटकको आकर्षण बढाउन समितिले चिल्डेन पार्क तथा सिमसार क्षेत्र सञ्चालनमा ल्याएको छ । करिब १२ हेक्टर जमिनमा फैलिएको सो वनलाई ‘टुक्रे वन’ भनेर पनि चिनिन्छ । वनलाई चारैतिरबाट गाउँबस्तीले घेरेको छ ।
समितिले वन परिसरमा पिकनिक स्पर्ट समेत सञ्चालनमा ल्याएको छ । आगामी दिनमा सो क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकासगर्न दीर्घकालिन योजना अघि सारिएको कार्यालय सचिव राजुधिमालले जानकारी दिए ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...