स्काउट क्रुको ‘रनिङ शिल्ड’ हिमालयन एकाडेमीलाई
धुलाबारी । मेचीनगर–१०, धुलाबारीमा सञ्चालित हिमालयन इंग्लिस एकाडेमीले युनाइटेड युथ ओपन स्काउट क्रुको ‘रनिङ शिल्ड’ एक वर्षका लागि हात पार्न पारेको छ ।
धुलाबारी नमूना माविमा यही माघ २ गतेबाट सञ्चालित तीन दिवसीय फन क्याम्पमा झापाका नौ वटा विद्यालय सहभागी थिए । ती सबै विद्यालयलाई पछि पार्दै हिमालयन स्काउट (ट्रुपले) उपाधि हात पारेको हो । युनाइटेड ओपन क्रुको आयोजनमा सञ्चालन भएको फन क्याम्पमा रनिङ शिल्ड प्राप्त गर्नेले एक वर्ष राख्न पाउने प्रावधान छ ।
फन क्याम्पमा विभिन्न विधामा विद्यार्थीलाई सहभागी गराई प्रतिस्पर्धा गरिदै आएको छ । यस क्रममा हिमालयन एकाडेमीले सफलता हासिल गरेको प्रिन्सिपल जगत बहादुर तामाङले बताए । विद्यार्थीको सर्वांगीण विकासको लागि हिमालयन इंग्लिस एकाडेमी एउटा खुल्ला शैक्षिक प्लेट फर्म बन्दै गएको उनी बताउँछन् ।
हिमालयन इंग्लिस एकाडेमीले नगर तथा जिल्लामा सञ्चालित विभिन्न विधाका प्रतियोगितामा उत्कृष्ट स्थान बनाउँदै आएको छ । हालै सम्पन्न प्याब्सन झापाको सांस्कृतिक प्रतियोगिता तथा काँकरभिट्टा माविमा आयोजित प्रतिस्पर्धामा उसले प्रथम स्थान हासिल गरेको थियो ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
