मेचीनगर : हात्ती नियन्त्रणका लागि पहल सुरु
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा हात्ती नियन्त्रणका लागि पहल सुरु भएको छ । विगत लामो समयदेखि भारत तथा नेपालको अन्य क्षेत्रबाट आएका जंगली हात्तीको समस्या झेल्दै आएका मेचीनगरबासीको समस्यालाई मध्यनजर गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको समन्वयमा मेचीनगर क्षेत्रभित्र हात्ती नियन्त्रणका लागि फेन्सीङ तारबार लगाउने कार्य अगाडी बढेको छ ।
पहिलो चरणमा नगरको पन्द्र किमि फेन्सीङ सोलार तारबार लगाउने कार्य अगाडी बढेको नगरप्रमुख बुढाथोकीले जानकारी दिए । उनका अनुसार ३ करोडको लागतमा चारआली खण्डमा ६ किमि र बासबारी सामुदायिक वन र कालिका सामुदायिक वनको सिमानाबाट टिमाइ खोलासम्म ९ किमिमा फेन्सीङ तारबार लगाउने कार्य अगाडी बढाइएको छ ।

नगरप्रमुख बुढाथोकीका अनुसार मेचीनगर क्षेत्रमा बाहुनडाँगीदेखी चारआली सम्म १५२ किमि फेन्सीङ तारबारलगाउने योजना भएको बताउँदै बाँकी रहेको स्थानमा दोस्रो चरणमा कार्य अगाडी बढाउने बताए ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
