बद्रीको नेतृत्वमा जिल्ला कराते टेक्निकल कमिटी
झापा । झापा जिल्ला सितोरियो कराते संघको विशेष भेलाले राखेप कराते प्रशिक्षक बद्री विष्टको अध्यक्षतामा जिल्ला कराते टेक्निकल कमिटी गठन गरेको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीको प्रमुख आतिथ्यतामा बिर्तामोडमा शनिबार सम्पन्न भेलाले ३१ सदस्यीय कराते टेक्निकल कमिटी बनाएको हो ।
कमिटीको वरिष्ठ उपाध्यक्ष मीना पाठक, उपाध्यक्षमा जगन कार्की र ज्ञानेन्द्र राई, सचिवमा दिपेश निरौला, सहसचिवमा जीवन राई र केशव कार्की तथा कोषाध्यक्षमा रेणुका राई चयन भएका छन् ।
झापा जिल्ला सितोरियो कराते संघ झापाका अध्यक्ष मिलनराज प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा कराते वरिष्ठ प्रशिक्षक कालु मेचे, जिल्ला खेलकुद विकास समितिका प्रशासन प्रमुख विष्णु नेम्वाङ, राखेप कराते प्रशिक्षकहरु कृष्ण बस्नेत लगायत जिल्लाभरका ४२ जना स्वयम्सेवक प्रशिक्षकको सहभागिता रहेको थियो ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
