• शनिबार, पुस १९, २०८२
  • | January 3, 2026

सुन्तला महोत्सव भारतको कोलकातामा सुरू 


सन् २०१३ देखि कोलकातामा निरन्तर हुँदै आएको सुन्तला महोत्सवको पाँचौ संस्करण मंसिर २२ गतेदेखि दिसेम्बर ९ तारिखबाट कोलकाताको सल्टेक सिटिसेन्टरमा सुरू भएको छ । शुक्रबारदेखि सुरू भएको तीनदिने सुन्तला महोत्सव ११ तारिखसम्म हुने एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजम नेपालका संयोजक अर्जुन कुमार कार्कीले बताए ।

नेपाल, भारत, भूटान र बंगलादेशको सहभागिता रहेको उक्त महोत्सवमा उपस्थित राष्ट्रहरुको ग्रामीण पर्यटन बिकास र कृषि उत्पादनको बजारीकरणलाई विशेष प्राथमिक्ताका साथ प्रचार–प्रसार गरिदै आएको संयोजक कार्कीले जानकारी दिए ।

महोत्सबमा मानव बेचबिखन, लागु औषध, हात्ती समस्या, सांस्कृतिक एवम् जातीय उत्थान आदी कुराहरुको पनि प्रचार–प्रसार गर्ने संयोजक कार्कीले बताए ।

हरेक वर्ष नेपालबाट ६० देखि ९० जनासम्मको उपस्थिति रहने उक्त महोत्सवमा बिगत ३ वर्षदेखि कोरोनाको कारण नेपालले सहभागिता जनाउन पाएको थिएन । तर, यो पटक विभिन्न विधाबाट करीब २०० जना नेपालीहरुले उक्त महोत्सवमा भाग लिएका संयोजक कार्कीले बताए ।

उनले देशको स्थानीय उत्पादनको प्रचार गर्न र भारत, भूटान र बंगलादेशको पर्यटकहरुलाई नेपालमा बोलाउन यो महोत्सवको विशेष महत्व रहेको संयोजक कार्कीले बताए ।

सन् १९८६ मा दार्जिलिङमा गोर्खाल्याण्डका समर्थक र बंगालका समर्थक बीच भएको द्वन्द्वले पारेको प्रभावका कारण गोर्खाली र बंगाली बीचमा आएकोे दूरी थियो । जसले नेपाल, भारत, भूटान र बंगलादेशको पर्यटनमा प्रत्यक्ष प्रभाव परेको थियो ।

उक्त प्रभावलाई निवारण गर्न र यस क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ सुन्तलालाई प्रमुख आकर्षक बनाएर यो महोत्सवको थालनी भएको गरिएको आयोजक हिमालयन ओरेन्ज टुरिजम फेस्टिवलले जनाएको छ ।


खुट्टिडाँगी वनको साधारण सभा :  सेल्फी पुल बनाउँदै, माछापालन आफैँ गर्ने

धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

रबिन कोइराला उम्मेद्वार नहुने

काँकरभिट्टा । नेकपा एमालेका नेता रबिन कोइरालाले यही...

मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू

काँकरभिट्टा ।  पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...

प्याब्सन मेचीनगरको साधारण सभा सम्पन्न

मेचीनगर  । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...

होराइजन ‘डान्सिङ आइडल सिन्सा’ र ‘सिंगिङ आइडल प्रतिक विक’

धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...

मेची व्याडमिन्टन क्लबको अध्यक्षमा काफ्ले

काँकडभिट्टा । मेची व्याडमिन्टन क्लबको आगामी ३ वर्षे...

सुबेदी बने पहिलो केसीसी च्याम्पियन

काँकरभिट्टा । नाइट चेस क्लबको आयोजनामा पहिलो केसीसी...

मेचीनगरमा पहिलोपटक इन्डो–नेपाल मिडियाकप’ हुने

काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...