केपी शर्मा ओली झापा-५ बाट भारी मतका साथ विजयी
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट भारी मतान्तरसहित विजयी भएका छन् ।
मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्ष ओलीले ५२ हजार ३१५ मतले विजय हासिल गर्दा गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाएका हुन् । अध्यक्ष ओली र अधिकारीको मतान्तर २८ हजार ५७४ मतको अन्तर रहेको छ ।
यो क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता थिए । जम्मा मत खसेको ९८६३१ हो । जसमा बदर मत ५११७ रहेकाे छ । ६६.२० प्रतिशत मत खसेको हो ।
अध्यक्ष ओली २०४८, २०५१, २०५६, २०७०,२०७४ र अहिले २०७९ मा यसै क्षेबाट बिजयी भएका छन् ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

