झापा क्षेत्र नम्बर १ को मतगणना सुरु
मेचीनगर । झापा क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । १२ केन्द्रको मतपेटिका खोलेर मतगणना सुरु गरिएको हो ।
प्रतिनिधिसभाको प्रत्यक्षको २ ठाउ र प्रदेशसभा प्रत्यक्षको २ ठाउमा गणना गरिने निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए । अहिले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको दुई ठाउमा गणना शुरू भएको निर्वाचन अधिकृत महतले बताए । ६ र ६ वटा मत पेटिका दुई ठाउमा गणना हुने उनले बताए ।
हिजाे सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं.१ मा ७२ प्रतिशत मत खसेको थियाे । मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार ८७ हजार ३ सय ९६ मत खसेको छ ।
मतदान गर्नेमा ४२ हजार ६१२ पुरुष, ४४ हजार ७८४ जना महिला मतदाता रहेका छन् । झापा क्षेत्र नं. १ मा १ लाख २० हजार ७५४ मतदाता रहेका छन् । झापाको निर्वाचन क्षेत्र नं. १ मा ८१ हजार ७६४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
गएराति अबेरसम्म संकलन गरिएको मतपेटिका अपडेट पश्चात कार्यालयले अन्तिम तथ्यांक सार्वजनिक गरेको हो ।
कुल ८१ हजार ७६४ मत संख्यामा समानुपातिकतर्फ कर्मचारीको मत संख्या ९अस्थाई संख्यासमेत० समावेश भएको छ । जसकारण प्रतिनिधि सभा प्रत्यक्षतर्फको मत संख्या अझ कम हुनेछ ।
क्षेत्र नं। १ मा मतगणनाका लागि अन्तिम तयारी गरिंदैछ । नगरपालिका परिसरमा जारी सर्वदलीय बैठकले गणनाका मापदण्ड तय गरी शीघ्र गणनाको तयारी गरिरहेको कार्यालय स्रोतले जनाएको छ ।
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...


