झापा १ : सर्वदलिय बैठक जारी, मतगणनामा ढिलाइ हुने
मेचीनगर । झापा क्षेत्र नं १ को मतगणनामा केही ढिलाइ हुने भएको छ । केही बेर अघि शुरू भएको सर्वदलिय बैठक जारी छ । सर्वदलिय बैठकले सदर र बदर मतका बारेमा छलफल गरेर निर्णय गर्नेछ ।
त्यस्तै मतपेटिका कसरी मिसाएर गणना गर्ने भन्ने निर्णय पनि सर्वदलिय बैठकले गर्नेछ । मतगणनाको समय समेत सर्वदलिय बैठकले नै गर्ने निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए ।
हिजाे सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं.१ मा ७२ प्रतिशत मत खसेको थियाे । मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार ८७ हजार ३ सय ९६ मत खसेको छ ।
मतदान गर्नेमा ४२ हजार ६१२ पुरुष, ४४ हजार ७८४ जना महिला मतदाता रहेका छन् । झापा क्षेत्र नं. १ मा १ लाख २० हजार ७५४ मतदाता रहेका छन् ।
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...


