सबैको पहिचान खोज्ने खापुङ

मेचीनगर । आदिवासी जनजाति समुदायका अगुवा ओमप्रकाश खापुङ झापा क्षेत्र नं. १ (ख) का उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् । जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्षसमेत रहेका उनी युवामाझ लोकप्रिय छन् ।
२०३८ सालमा झापाको जलथलमा जन्मिएका उनी मेचीनगर–६ मा स्थायी बसोबास गर्दै आएका छन् । विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वमा बसेर समाज रुपान्तरणमा उनको ठूलो योगदान छ । आदिवासी जनजातिको पहिचानका निमित्त सदैव अग्रपंक्तिमा उभिएका खापुङ पार्टीभन्दा माथि उठेर समाज बनाउने सोचमा सधैं सकारात्मक छन् ।
राजनीतिलाई सेवा ठान्ने उनी राजनीतिमा होमिए । संघीयता, धर्म निरपेक्षता र पहिचानका निमित्त उनी लिम्बूवान आन्दोलनमा सामेल भए । जुनबेला पूर्वतिर लिम्बूवान आन्दोलन चर्किदै गएको थियो । संघीय लिम्बूवान पार्टीका जिल्ला अध्यक्षसमेत बनेका खापुङ ०७२ सालमा उक्त पार्टीको केन्द्रीय सदस्य बने । त्यसपछि लिम्बूवान पार्टी र संघीय फोरम पार्टी एकीकरण भएपछि उनलाई मेचीनगरको कमाण्डर बनाइयो । आजसम्म उक्त पार्टीमा अध्यक्षको जिम्मेवारी प्रदान गरिरहेको छ । अर्थात राजनीति परिवर्तन र एकीकरण सँगै बनेको जसपा पार्टीको नगर अध्यक्षमा विराजमान छन् ।
राजनीतिसँगै उनी आदिवासी जनजातिका मुद्धामा सधैँ अग्रभागमा छन् । आदिवासी जनजातिको मेचीनगर अध्यक्ष, किराँत याक्थुम चुम्लुङको जिल्ला सदस्य छन् । यो सँगै स्थानीय काँकरभिट्टा क्षेत्रको विकास गर्न स्थापित कालीखोला पातालगंंगा संरक्षण समितिको अध्यक्ष, लालीगुँरास शान्ति गाउँ टोल विकास समितिका अध्यक्षको जिम्मेवारीमा छन् ।
युवा पहिचानका निमित्त उम्मेदवारी दिएको बताउने उम्मेदवार खापुङ सबै क्षेत्रको सन्तुलित विकास गर्ने वचन व्यक्त गर्छन् । त्यही भएर उनले आफूलाई साझा उम्मेदवारको रुपमा उभ्याएका छन् ।

काँकरभिट्टा । मेची भन्सार कार्यालयले नौ महिनामा राजश्व...

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले...

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७...

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा...

दमक । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी...