मेचीनगर ४ : जेष्ठ नागरिकका लागि व्ययामशाला सञ्चालनमा
बाहुनडाँगी । मेचीनगर – ४, बाहुनडाँगीमा जेष्ठ नागरिक लाई लक्षित गरि व्ययामशाला संचालनमा ल्याइएको छ । जेष्ठ नागरिक व्ययामशालाको शुक्रबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका छन् । झापा मेचीनगर–६, हाल हङकङ निवासी नरेन्द्रकुमार गुरुङ तथा पुष्पा गुरुङ ले व्ययाम सामाग्री उपलब्ध गराएपछि व्यामशालाको निर्माण गरिएको हो । बाहुनडाँगी आयूर्वेदिक औषधालयको खाली जमिनमा व्ययामशाला निर्माण गरिएको छ ।

व्यामशाला उद्घाटन गर्दै नगर प्रमुख बुढाथोकीले स्वास्थ जीवनका लागि व्ययामशाला अति आवश्यक रहेको बताए । उनले दैनिक रुपमा कम्तीमा एक घण्टा शारीरिक व्याम गर्न आवश्यक छ । मेचीनगरमा यो वडाबाट सुरु भएको यो अभियान अन्य वडामा पनि सुरु गर्न आवश्यक रहेको बताए । नगर प्रमुख बुढाथोकील व्यामशाला सञ्ंचालन तथा थप सामाग्रीहरुका लागि नगरपालिकाको सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा माइती नेपालका पूर्वाचल प्रमुख गोविन्द घिमिरे, शक्ति नेपालकी मीरा भट्टराई, मेचीनगर वडा नं १ का वडाध्यक्ष रामकुमार राई, नेकपा एमालेका युवा नेता प्रविन भण्डारी, मेचीनगर ४ का वडा सदस्य पवन बराइली लगायतको उपस्थीति रहेको थियो । मेचीनगर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा सम्पन्न व्यामशाला उत्घाटन कार्यक्रमको स्वागत वडा सदस्य गीता मगरले गरेकी थिइन् ।

मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

