एमाले जनताको पार्टी : अग्नि खरेल
काँकरभिट्टा । नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेलले जनताका चासो, गुनासो र आशालाई पूरा गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् ।
पूर्व कानुन मन्त्री तथा पूर्व महान्यायाधिवक्ता झापा क्षेत्र नं।१ प्रतिनिधि सभाका उम्मेदवार खरेलले मेचीनगर नगरपालिका १५ स्थित सुकुमबासी बस्ती बिचार्नीमा उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले जनताको पार्टी भएको बताए ।

गठबन्धनले देशमा समस्या मात्रै सिर्जना गरेको बताउँदै उनले देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य रहेको उनको भनाइ छ ।
एमाले केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं.१ (क) प्रदेश सभा सदस्यका उम्मेदवार रविन कोइरालाले एमाले सबैको साझा पार्टी भएको बताउँदै मंसिर ४ गते हुने निर्वाचनमा तुलनात्मक रूपमा राम्रो नतिजा ल्याउने दावी गरे ।
अन्य राजनीति पार्टी भन्दा तुलनात्मक रूपमा बलियो रहेको यस क्षेत्रमा अहिले एमालेले उम्मेदवार भेटघाट कार्यक्रमलाई तिब्रता दिइरहेको छ ।
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


