विश्व शान्तीको कामना गर्दै मेची– महाकाली ह्विल चियर यात्रा
झापा । विश्व शान्तीको कामना गर्दै इलामका एक युवाले मेची– महाकाली ह्विल चियर यात्रा आरम्भ गरेका छन् । इलाम नगरपालिका वडा नम्बर ८ का २५ बर्षिय सन्देश रम्तेलले आठौं संविधान दिवसको अवसर पारेर सोमबार नेपालको पूर्वी नाका काँकरभिट्ट स्थित मेची पुलबाट आफ्नो “मेची– महाकाली ह्विल चियर” यात्रा आरम्भ गरेका हुन् ।
मोटर साईकल दुर्घटनामा परी बिगत दुई बर्षदेखि शारिरीक असक्त बनेका रम्तेलले ह्विल चियरको सहायतामा मेची– महाकाली यात्रा तय गरेका हुन् । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक उत्तिर्ण गरेका रम्तेलले दैनिक ६० देखि ८० किलो मिटर यात्रा गर्ने गरी करिब दुई हप्तामा आफ्नो मेची– महाकाली ह्विल चियर यात्रा सम्पन्न गर्ने जानकारी दिए ।
पछिल्लो समय मानिसमा मानवता हराउदै गएको र मानव मानव बिच द्धन्द बढीरहेको बताउँदै उनले मानव शान्तीको सन्देश फैल्याउन आफुले मेची– महाकाली ह्विल चियर यात्रा गरेको बताउँछन् ।
मेची– महाकाली यात्रा सम्पन्न पश्चात लगत्तै विश्व यात्रामा निस्कने रम्तेलले जनाएका छन् । उनले बुद्ध जन्म भूमिको माटो लिएर विश्व शान्तीको सन्देश फैल्याउन आफुले विश्व यात्रा तय गरेको बताए ।
मेची– महाकाली यात्रा पश्चात भारत, बंगलादेश, थाइल्याण्ड, मलेसिया, म्यानमारलगायतका देशको भिषा आइसकेको बताउँदै रम्तेलले यीनै देशबाट आफ्नो विश्व ह्विल चियर यात्रा अगाडी बढाउने जनाए ।
यात्रा सुभराम्भ कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रती, महिला नेतृ रेणुका डागी, सुरक्षा कर्मी, सञ्चारकर्मीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थित रहेको थियोे ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...