विश्व शान्तीको कामना गर्दै मेची– महाकाली ह्विल चियर यात्रा

झापा । विश्व शान्तीको कामना गर्दै इलामका एक युवाले मेची– महाकाली ह्विल चियर यात्रा आरम्भ गरेका छन् । इलाम नगरपालिका वडा नम्बर ८ का २५ बर्षिय सन्देश रम्तेलले आठौं संविधान दिवसको अवसर पारेर सोमबार नेपालको पूर्वी नाका काँकरभिट्ट स्थित मेची पुलबाट आफ्नो “मेची– महाकाली ह्विल चियर” यात्रा आरम्भ गरेका हुन् ।
मोटर साईकल दुर्घटनामा परी बिगत दुई बर्षदेखि शारिरीक असक्त बनेका रम्तेलले ह्विल चियरको सहायतामा मेची– महाकाली यात्रा तय गरेका हुन् । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक उत्तिर्ण गरेका रम्तेलले दैनिक ६० देखि ८० किलो मिटर यात्रा गर्ने गरी करिब दुई हप्तामा आफ्नो मेची– महाकाली ह्विल चियर यात्रा सम्पन्न गर्ने जानकारी दिए ।
पछिल्लो समय मानिसमा मानवता हराउदै गएको र मानव मानव बिच द्धन्द बढीरहेको बताउँदै उनले मानव शान्तीको सन्देश फैल्याउन आफुले मेची– महाकाली ह्विल चियर यात्रा गरेको बताउँछन् ।
मेची– महाकाली यात्रा सम्पन्न पश्चात लगत्तै विश्व यात्रामा निस्कने रम्तेलले जनाएका छन् । उनले बुद्ध जन्म भूमिको माटो लिएर विश्व शान्तीको सन्देश फैल्याउन आफुले विश्व यात्रा तय गरेको बताए ।
मेची– महाकाली यात्रा पश्चात भारत, बंगलादेश, थाइल्याण्ड, मलेसिया, म्यानमारलगायतका देशको भिषा आइसकेको बताउँदै रम्तेलले यीनै देशबाट आफ्नो विश्व ह्विल चियर यात्रा अगाडी बढाउने जनाए ।
यात्रा सुभराम्भ कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रती, महिला नेतृ रेणुका डागी, सुरक्षा कर्मी, सञ्चारकर्मीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थित रहेको थियोे ।

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...