राज्यले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्छ : साँसद मैनाली
झापा । प्रदेश साँसद श्रीप्रसाद मैनालीले नेपालमा अझै पनि शिक्षाको पहुँच सबै क्षेत्र र समुदायमा पुगिनसकेकाे बताएका छन् ।
५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा मेचीनगर शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित कार्यक्रममा बोल्दै साँसद मैनालीले नागरिकले सहजरूपमा स्वास्थ, शिक्षा र रोजगार पाउनुपर्ने वातावरण बनाउन राज्य संवेदनशील बन्नुपर्ने बताए । उनले नगरपालिकालाई शिक्षामा विशेष जाेड दिन आग्रह गरे ।
शिक्षा क्षेत्रमा सबल भएका राष्ट्रहरू अहिले विश्वका शक्तिको रूपमा स्थापीत भइरहेको बताउँदै उनले नेपालमा पनि शिक्षा क्षेत्रको विकासमा लगानी बढाउनु पर्ने बताए ।
मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीलगायत, विभिन्न राजनीतिक दल, शिक्षक संगठनका प्रतिनिधिहरूले बोलेको कार्यक्रममा नगरको शिक्षा क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्ति, पुर्व शिक्षक, कर्मचारी र उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गिरएको थियो ।
मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षता आयोजना भएको कार्यक्रम सञ्चालन नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले गरका थिए ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

