मन्त्री सरावगीले गरे साप्ताहिक बजारको उद्घाटन
झापा । भद्रपुर नगरपालिका वडा न. ९ स्थित जमदार चौकमा साप्ताहिक बजार उद्घाटन तथा सांस्कृतिक कार्यक्रम भव्य सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता शिवालय पुहाँतुटोल बिकास संस्थाका अध्यक्ष लक्ष्मी लुइँटेलले गरेका थिए भने प्रमुख अतिथीमा रुपमा प्रदेश–१ का भूमी सुधार तथा सहकारी गरिबी निवारण मन्त्री ओम प्रकाश सरावगीको उपस्थिती रहेको थियो । त्यसै गरी बिशिष्ट अतिथीका रुपमा भद्रपुर नगरपालिकाका नगर प्रमुखको उपस्थिती रहेको थियो । त्यसै गरी अतिथीहरुको रुपमा भद्रपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राम प्रसाद दाहालको उपस्थिती रहेको थियो ।
कार्याक्रममा स्वागत मन्तव्य टोल बिकास संस्थाकी सचिव सकुन्तला चौधरीले गरेकी थिइन् भने कार्यक्रमको औपरिकता माथी भुपेश कार्कीले प्रकाश पारेका थिए ।
दुर्योधन कार्की र रोज बस्नेतले संचालन गरेको उक्त कार्यक्रममा १२०० भन्दा धेरै मानिसहरुको उपस्थिती रहेको संस्थाले दावी गरेको छ ।
कार्यक्रममा रचना रिमाल, श्री कृष्ण लुइँटेल (बोकेदारी) र कुमार बिबाहित उप्रेती लगायत कलाकारहरुको पनि उपस्थिती रहेको थियो ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

