तलिम सकेर काममा लागे मेचीनगरका प्रहरी
मेचीनगर । मेचीनगरका नगर प्रहरी १८ दिनको तालिम सकेर काममा सहभागी भएका छन् । १८ दिनको तालिम सकेर उनीहरु सोमबारबाट काममा लागेका हुन् नगर प्रहरी इन्चार्ज दिनेश गुरागाईंले बताए ।
मेचीनगर नगरपालिकाले रिक्त रहेको नगर प्रहरीमा भदौ १ गतेदेखी लागु हुने गरी २१ जनालाई नियुक्त गरेको थियो ।
तालिम नगर प्रहरी इन्चार्ज गुरागाईं, नगर प्रहरी असई राम बहादुर बुढाथोकी र दम्कल कमान्डर शेर बहादुर लिम्बूले तालिम गराएका थिए । नगर प्रहरी इन्चार्ज गुरागाईंको नेतृत्वमा तालिम सम्पन्न भएको हो ।
नियुक्ती पाएका २१ जना मध्ये ४ जना महिला रहेका छन् । उनीहरु मध्येबाट ७ जना दम्कल संचालनको लागि खटाइएको इन्चार्ज गुरागाईंले बताए । नगर प्रहरीले बजार व्यवस्थापन गर्ने छाडा छोडिएका चौपायलाई नियन्त्रण्नमन लिने नगरपालिका कार्यालय लगायत माताहतमा रहेका सरकारी कार्यालयहरुलाई सुरक्षा गर्ने, नगरले दिएको जिम्मेवारीलाई पालना गर्ने लगायत नगर बासीको सुरक्षाको लागि खटिने गरेको छ ।
नगरले दिएको जिम्मेवारी पूर्णरुपमा पालना गरिने छ इन्चार्ज गुरागाईंले भने । भौगोलिक रुपमा केही कठिनाईहरु छन् उनले थपे नगरपालिकाले नगर प्रहरीका लागि सवारी साधनको उपलब्ध गराए सेवा दिन थप सहज हुने छ ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

