हात्ती आएको थाहा पाउन बाहुनडाँगी बजारमा ‘साइरन’ जडान
बाहुनडाँगी । मेचीनगर–४ मा भारतबाट हात्ती आएको स्थानीयलाई जानकारी दिनका लागि बाहुनडाँगी बजारमा ‘साइरन’ दिने मेसिन जडान गरिएको छ ।
शनिबार सो साइरनको मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले उद्घाटन गरेका हुन् ।
उज्यालो नेपालका पूर्व अध्यक्ष एवम् स्यमसेवक रमेश थापाले सो साइरन मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई सहयोग स्वरुप हस्तान्तरण गरेका थिए ।
व्याट्री, प्यानल बक्स, तार र साइरन गरी करिव ६० हजार मुल्य बराबरको साइरनले बाहुनडाँगी बजार आसपास एक किलोमिटर क्षेत्रसम्म आवज सुनिने थापाले बताए ।
साइरनमा मोवाइल एप्स जोडेर प्रत्यक व्यक्तिको हातहातमा हात्ती आएको जानकारी लिन सकिने बताइएको छ । साइरनको सुरुक्षाका लागि सशस्त्र प्रहरी बल बाहुनडाँगीलाई जिम्मा दिइएको छ ।
‘साइरन बजेपछि हात्ती आएको थाहा पाइन्छ’ उज्यालो नेपालका स्यमसेवक थापाले भने–‘त्यसपछि घरमै बस्दा पनि मानिसले ज्यान जोगाउन सक्छन् । हात्ती आउदा हात्ती धपाउने होइन कि घरमा लुकेर बस्नु पर्छ ।’
बर्दीयाबाट आएका थापाको टोलीमा कोशी आरक्षणका प्रमुख रमेशकुमार यादव, राष्ट्रिय प्रकृति संरक्षण कोषका विरेन्द्र गौतम लगायत रहेका छन् ।
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...

