एक्सीस रुचालले ल्याए ‘तिम्रो यादमा’
मेचीनगर । मेचीनगरका एक युवाले ‘तिम्रो यादमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आइतबार मेचीनगर–८, इटाभट्टास्थित दिपिका होटलमा एक कार्यक्रमको आयोजना गरेर सो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
प्याव्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालका छोरा एक्सीस रुचालको शब्द, स्वर, संगीत र अभिनय रहेको ‘तिम्रो यादमा’ म्यूजिक भिडियोमा जातीय विभेदको विषयलाई उठान गरिएको छ ।
चार मिनेट २० सेकेण्डको म्यूजिक भिडियोमा पुरानो परम्परा र नयाँ पुस्ताको युगको अन्तरलाई बुझाउने कोसिस गरिएको छ । म्यूजिक भिडियोको सुटिङ मेचीनगर–३ को विभिन्न स्थान, टोकला चिया बगन र काँकरभिट्टामा गरिएको थियो ।

मेचीनगर–३ स्थित थेसिस इङ्लिस स्कूलबाट भर्खरै एसईई पास गरेका नवोदित कलाकार रुचालले म्यूजिक भिडियोमा अघि बढ्ने सपना रहेको बताए । रुचाल पाँच वर्षदेखि म्यूजिक भिडियोको प्रशिक्षणमा छन् । उनलाई म्यूजिक भिडियोका प्रशिक्षक अर्जुन दाहालले प्रशिक्षण दिइरहेका छन् ।
म्यूजिक भिडियोमा कलाकारहरु सोही स्कूलका कक्षा १० मा अध्ययनरत छात्रा रितिका योगी, परिवर्तन थिएटरका कलाकार लोमस पौडेल लगायतको अभिनय रहेको छ ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...