भ्रमण खर्च वापतको रकमबाट सदस्यलाई राहत वितरण
धुलाबारी । उपभोक्ता महिला कृषि सहकारी संस्था लिमिटेड मेचीनगर–९ ले सदस्य लक्षित बृहत सहयोग तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार मागुरमाडी सिमसार क्षेत्रमा आयोजित कार्यक्रममा बाख्राको पाठा, ब्याग, हजारी, स्प्रे ट्यांकी वितरण गर्नुका साथै गुडिया तालिमका सहभागीलाई प्रमाणपत्र एवम् जनप्रतिनिधिलाई सम्मान एकसाथ सम्पन्न गरिएको हो ।
सहकारी संस्थाले २५ जना सदस्यलाई बाख्राको पाठा वितरण गरेको छ । विपन्न वर्गका सदस्यलाई लक्षित गरी बाख्राको पाठा वितरण गरिएको हो । यस्तै, ३५ जनालाई सिँचाइ हजारी, १० वटा स्प्रे ट्यांकी, १० जना विद्यार्थीलाई ब्याग, तथा गुडिया तालिममा सहभागी २९ प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गरिएको हो ।
संस्थाले महिलालाई आत्मनिर्भर बनाउन गुडिया तालिम सञ्चालन गरेको थियो । सहकारी संस्थाले भ्रमण खर्च वापतको कार्यक्रम हटाएर सदस्यलाई राहत वितरण गरेको संस्थाकी अध्यक्ष संगीता थापाले जानकारी दिइन् । संस्थाकी अध्यक्ष थापाले बैठक भत्ता वापतको रकम पनि नलिई सदस्य हितमा लगानी गरेको उनले बताइन् ।
सोही अवसरमा संस्थाले मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङ, वडा सदस्य धनकुमार श्रेष्ठलाई सम्मान गरेको थियो ।
संस्थाकी अध्यक्ष संगीता थापाको अध्यक्षता तथा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख बुढाथोकीले महिलाहरुले सञ्चालन गरेको सहकारीले सामाजिक उत्तरदायित्व वहन गरेको बताए । उनले हरेक नागरिक उत्पादनमूलक क्षेत्रमा जोडिन आवश्यक रहेको बताए ।
प्रमुख बुढाथोकीले प्लाष्टिकमुक्त नगर बनाउने आफूहरुको योजना रहेको सुनाए । उनले त्यसको विकल्पमा यहीँ उत्पादित झोला विक्री वितरण गरेर प्लाष्टिक विस्थापन गरिने बताए ।
कार्यक्रममा मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ का अध्यक्ष अमर लिम्बूले मन्तव्य राखेका थिए । सहकारी संस्थाकी उपाध्यक्ष प्रतीक्षा पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव चन्द्रकला खवासले गरेकी थिइन् ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

