‘यातायात मजदुरका साथी’ विदुर झापा क्षेत्र नं १ मा स्वतन्त्र उठ्ने

मेचीनगर । यातायात क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका मेचीनगरका विदुरकुमार खतिवडा आगामी मंसिरमा हुने भनिएको संघीय निर्वाचनमा झापा क्षेत्र नं १ मा उठ्ने भएका छन् ।
शान्तिनगरका स्थायी बासिन्दा हाल मेचीनगर–६ काँकरभिट्टामा बस्दै आएका खतिवडा आगामी संघीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वार बनेर झापा क्षेत्र नंं १ को चुनावी मैदानमा उत्रिने तयारी गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् । उनले राजनीतिक दलका नेताहरुले सपना मात्रै बाँडेको भन्दै आफ्नो उम्मेद्वारी जनताको परिवर्तनका लागि हुने बताए । आफ्नो उम्मेद्वारी घोषणासँगै उनले विभिन्न सामाजिक व्यक्तिहरुसँगको भेटघाटलाई अगाडि बढाएका छन् ।
‘राजनीतिक दलका नेताहरुको कार्यशैली देखेर जनता दिक्क भएका छन्,’ ४६ वर्षीय खतिवडाले भने, ‘चुनाव जितेर फेरि गाउँ नपुग्ने नेताका कारण जनताले नयाँ विकल्प खोजिरहेका छन् । त्यसका लागि म उभिएको छु । जहाँ जे समस्या छन्, ती समस्यालाई सम्बोधन गर्न म तयार छु ।’
०४९ सालदेखि उनी यातायात क्षेत्रमा क्रियाशील छन् । सुरुमा खतिवडाले बस चालक भएर काम गरे । लामो समय बस चालकको रुपमा काम गरेपछि उनी ७० सालदेखि यातायात क्षेत्रका विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय बने ।
यातायात व्यवसायी र मजदुरका हकहितका निम्ति खतिवडा सक्रिय भएर लागे । मातृभूमि भलाई एण्ड एन्भेसमेन्ट कम्पनी प्रालिको क्षति मूल्यांकन समितिको संयोजक भएर जिम्मेवारी निर्वाह गरिसकेका खतिवडा हाल बुद्धशान्ति यातायात एण्ड अटो प्रालिका प्रबन्ध निर्देशको रुपमा छन् ।
झापामा यातायात क्षेत्रको सिन्डीकेट हटाएर प्रालि दर्ता गरेर गाडी सञ्चालन गराउने कुरामा खतिवडाको ठूलो पहल रहेको यातायातकर्मीहरु बताउँछन् । यातायात क्षेत्रको अनुभवलाई साथमा लिएर जनताको सेवकका रुपमा आफूलाई उभ्याउन उनले खोजेका छन् ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...