धुलाबारीमा ज्योति विकास बैंकको सेवा सञ्चालन

धुलाबारी । ज्योति विकास बैंक लिमिटेडको शाखा कार्यालय धुलाबारीमा सञ्चालनमा आएको छ । धुलाबारी मोड दक्षिणमा कार्यालय रहेको उक्त बैंकले सोमबारदेखि सेवा सुरु गरेको हो ।
झापामा ज्योति विकास बैंकको यो तेस्रो शाखा कार्यालय हो । यसअघि दमक र बिर्तामोडमा शाखा कार्यालय सञ्चालनमा आइसकेका छन् । देशभर ज्योति विकास बैंकका ११८ औंँ शाखा सञ्चालनमा छन् । त्यसमा ३ विस्तारित काउन्टर तथा ६५ वटा एटीएम सेवा रहेको सो बैंकले जनाएको छ ।
ज्योति विकास बैंक लिमिटेडको शाखा कार्यालय धुलाबारीको उद्घाटन बैंकका पूर्व अध्यक्ष धु्रवकुमार उप्रेतीले गरेका थिए । कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष हरिचन्द्र खड्काको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन चिफ मार्केटिङ अफिसर बलदेव थापाले गरेका थिए ।
शाखा कार्यालय सञ्चालनको अवसरमा बैंकले सेवाग्राहीलाई विभिन्न छुटको व्यवस्था गरेको छ । शून्य ब्यालेन्समा खाता खोल्न पाइने, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिष्टे«न गर्न पाइनेलगायत थुप्रै सेवा प्रदान गरेको शाखा प्रमुख विशाल राईले जानकारी दिए ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...