द्रोणाचार्य स्मृति प्रतिष्ठान : अध्यक्षमा रविन कोइराला
चन्द्रगढी। दोणाचार्य स्मृति प्रतिष्ठान नेपालको अध्यक्षमा रविन कोइराला चयन भएका छन् ।
चन्द्रगढीमा शनिवार भएको समितिको दोस्रो अधिवेशनले कोइलालाई अध्यक्षमा चयन गरेको हो । समितिको तीन बर्षका लागि चुनिएको समितिको उपाध्यक्षमा चन्द्रामाया श्रेष्ठ, उपाध्यक्ष जीवनकुमार श्रेष्ठ, सचिवमा लोकनाथ भट्टराई, कोषाध्यक्षमा दुर्गाप्रसाद भट्राईलाई चयन गरिएको छ ।
यसैगरी, समितिको सदस्यहरुमा बसन्त बानियाँ, पबित्रा महतारा, देवराज कार्की, लक्ष्मीप्रसाद गुरागाई, पुरुषोत्तम अधिकारी, गणेश बस्नेत, खिलानाथ पाण्डे र अनुज खतिवडालाई चयन गरिएको निर्वाचन समितिका संयोजक सन्तोष आचार्यले जानकारी दिए ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नी खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष दिपक कार्कीलगायतले क्षेत्रीले राजनीतिमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
चन्द्रमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सन्तोष आचार्यको संयोजकत्वमा राजकुमार भट्टराई र नारायण कटुवाल रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । समितिले सर्वसम्मत निर्वाचन सम्पन्न गरेको जनाएको छ ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...