सचेतना जगाउन काठमाडौंमा भेला भए भारतका क्यान्सर विशेषज्ञहरू

नेपाल र भारतका अग्रणी क्यान्सर विशेषज्ञहरूले काठमाडौंमा एक कार्याशाला गोष्ठी सम्पन्न गरेका छन् ।
नेपालमा बढ्दो टाउको र घाँटीको क्यान्सर न्यूनिकरणको लागि असार ४ गते शनिबार काठमाडौंको र्याडिसन होटलमा एक दिने कार्यशाला सञ्चालन गरिएको हो । टाउको र घाँटीको क्यान्सर उपचारमा विरामीहरूको लागि विभिन्न मुलुकमा भइरहेका नविनतम प्रविधिरूको अध्ययन र छलफल भएको थियो ।
कार्यशालाले सर्वसाधारणमा क्यान्सर सम्बन्धी जनचेतना फैलाउने कुरामा पनि ध्यान केन्द्रित गरेको बताइएको छ । साथै टाउको र घाँटीको क्यान्सरमा उपचार व्यवस्थापन, पुन: पलाउने क्यान्सरका उपचार विकल्पहरूमा पनि छलफल गरिएका थिए।
कार्यक्रममा नेपालको तर्फबाट नेपाल क्यान्सर अस्पतालको घाँटी र टाउको विभाग प्रमुख डा. प्रभात ठाकुर त्यस्तैगरी डा. सुदीप श्रेष्ठ सहभागी थिए भने भारतको तर्फबाट फोर्टिस मेमोरियल रिसर्च इन्स्टिट्युट, गुरुग्रामका डा. एके आनन्द, डा. अंकुर बहल, डा. वेदान्त काबरा, डा. इशिता बी सेन र डा. नेहा कक्कड सहभागी थिए ।
कार्यक्रममा फोर्टिस मेमोरियल रिसर्च इन्स्टिट्युट, गुरुग्रामका डा. एके आनन्दले भने, “नेपालमा पछिल्लो समयमा टाउको र घाँटीमा क्यान्सरका बिरामीहरूको सङ्ख्या बढिरहेको छ । सूर्तिजन्य पदार्थहरूको प्रयोगमा कमि ल्याउन सरकारले अझै कडा नीति नियमहरू ल्याउनुपर्ने देखिन्छ ।”
सूर्तिजन्य पदार्थहरूको सेवनले घाँटीमा क्यान्सर हुन्छ भन्ने चेतनाको अभिवृद्धि गर्नुपर्ने देखिन्छ । कार्यक्रममा डा. आनन्दले भने ।
फोर्टिस मेमोरियल रिसर्च इन्स्टिट्युट भारतका प्रमुख क्यान्सर अस्पतालहरूमध्ये एक हो। यहाँ क्यान्सरका बिरामीहरूको लागि नविनतम प्रविधि र दक्ष डाक्टरहरूको सेवा उपलव्ध गराइने समेत कार्यक्रममा जानकारी दिइयो ।

झापा । नेकपा एकीकृत समाजबादीको झापा अध्यक्ष वीपी...

काँकरभिट्टा । बाढीले डाइभर्सन बगाएर काँकरभिट्टाको कालीखोलामा अवरुद्ध...

काँकरभिट्टा । गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग...

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का...

मेचीनगर । झापाको मेचीनगर ६ मेची डाँडा स्थित...

बाहुनडाँगी । झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास...

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर...

झापा । झापाको कमल गाउँपालिका–३, केर्खा बजार स्थित...