मेचीनगर नगरपालिका : नदिजन्य पदार्थ उत्खननमा रोक

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नदी दोहनमा रोक लगाइएको छ । सरकारले प्रत्येक बर्ष बर्खा लागेसंगै देशभरका नदिबाट असार १ गतेदेखि तीन महिनासम्म नदिजन्य सामाग्रीहरू बन्द गर्दै आएको छ । तर, मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधि आउने बित्तिकै जेठमा नै निन्दा, टिमाई र हडिया नदिको उत्खननमा रोक लगाएको हो ।
विगत बर्षहरूमा नदि उत्खनन अत्यधिक भएको भन्दै विवादमा समेत आएको मेचीनगरमा नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा आएको टिमले पदभार सम्हालेको केही दिनमा नै नगर क्षेत्रका नदि दोहन बन्द गरेको हो । नगर प्रमुख बुढाथोकीको पहलमा मेचीनगर क्षेत्रका नदिमा अवैध उत्खनन रोकिएको छ । योसंगै अब मेचीनगरमा अवैध उत्खनन समाप्त हुने नगरबासीले अपेक्षा समेत गरेका छन् ।
मेचीनगर र नदीजन्य सामाग्री उत्खन्न गर्ने कम्पनीका बीच भएको सम्झौता अनुरुपको काम सम्पन्न भएपछि थप उत्खन्न हुन नदिन नदीमा रोक लगाइएको उपप्रमुख मीना पोखरेलले बताइन् ।
नदी उत्खन्नमा रोक लगाइको बारे प्रहरी प्रशासनलाई समेत जानकारी गराइसकिएको मेचीनगर आर्थिक संयोजक दिपेन्द्र कार्कीले जानकारी दिए । यो निर्णयको उल्लङघन गरे कार्वाही गरिने उनले बताए ।

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...