देवकोटा पार्क : उपप्रमुख उप्रेतीसहित जनप्रतिनिधि सम्मानित
मेचीनगर । झापाको मेचीनगर-६ काँकरभिट्टा स्थित देवकोटा पार्कले नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा शनिबार बिहान देवकोटा पार्क परिसरमा एक कार्यक्रमको आयोजना गरेर नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्यद्वय चित्र धिमाल र अञ्जु थापा, मेचीनगर ६ का वडा सदस्यहरू धुर्वकुमार राई, भविन्द्रराज सुब्बा र सिमा रसाइली रहेका छन् ।
आयोजक देवकोटा पार्क व्यवस्थापन समितिका अनुसार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी र मेचीनगर-६ का वडाध्यक्ष ललितबहादुर तामाङलाई पनि सम्मान गरिने कार्यतालिका रहेको थियो । तर, विशेष कार्य व्यस्तताले नगर प्रमुख बुढाथोकी र वडाध्यक्ष तामाङ उपस्थित हुन नसकेपछि उहाँहरूको सम्मान कार्यालयमा नै भेटेर दिने आयोजकले जनाएको छ ।
त्यस्तै सोही अवसरमा आयोजकले प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली र सञ्चारकर्मीद्वय लक्ष्मी उप्रेती र युवराज आचार्यलाई समेत सम्मान गरेको छ ।
आयोजक देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश खरेलको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रमको सञ्चालन सचिव फडिन्द्र घिमिरेले गरेका थिए ।

सांसद मैनालीद्वारा अनुगमन
नेपालको पूर्विद्वारसंगै रहेको देवकोटा पार्कलाई पर्यटकीय स्थलको रूपमा विकसित गरिरहेको छ । यसलाई थप भौतिक सुविधा सम्पन्न बनाउन यसै क्षेत्रबाट निर्वाचित प्रदेश सांसद श्रीप्रसाद मैनालीले बजेट विनियोजन गरि कार्य समेत सम्पन्न भइसकेको छ ।
सांसद मैनालीले पछिल्लो समय पार्क धेराबारा (पर्खाल) बनाउन लागत सहभागीसहित २० लाख बजेट विनियोजन गरेर निर्माण कार्यसमेत सम्पन्न भए पछि आज सांसद मैनाली सहितको टोलिले स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा सांसद मैनालीले भने, युवाहरूको टिमले छोटो समयमा देवकोटा पार्कलाई सफलता तर्फ अगाडि बढाएकोमा खुलेर प्रशंसा गरे । साथै उनले आगामी दिनमा पनि देवकोटा पार्कलाई आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता जाहेर गरे ।
झापा नेशनल स्कुलका ७ सय विद्यार्थीले देखाए आफ्नो कला
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
पारिजात पब्लिक स्क्रूलको रजत जयन्तीमा दर्जनौँ सम्मानित
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
कवि शिरोमणि माविको वार्षिकोत्सवमा भोलि ओली आउने
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
पूर्वमै पहिलोपटक धुलाबारीमा ‘कफी बनाउने’ प्रतिस्पर्धा
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
ल्होत्से इङ्लिस स्कूल : विज्ञान तथा कला प्रदर्शनी
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
बदलिएको कांग्रेसले सुशासन र समृद्धि ल्याउँछ : उम्मेद्वार पाण्डे
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी जेसिज अध्यक्षमा ढकाल, महासचिवमा पौडेल
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
लायन्स क्लब अफ धाइजनले एक विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...