देवकोटा पार्क : उपप्रमुख उप्रेतीसहित जनप्रतिनिधि सम्मानित

मेचीनगर । झापाको मेचीनगर-६ काँकरभिट्टा स्थित देवकोटा पार्कले नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा शनिबार बिहान देवकोटा पार्क परिसरमा एक कार्यक्रमको आयोजना गरेर नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्यद्वय चित्र धिमाल र अञ्जु थापा, मेचीनगर ६ का वडा सदस्यहरू धुर्वकुमार राई, भविन्द्रराज सुब्बा र सिमा रसाइली रहेका छन् ।
आयोजक देवकोटा पार्क व्यवस्थापन समितिका अनुसार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी र मेचीनगर-६ का वडाध्यक्ष ललितबहादुर तामाङलाई पनि सम्मान गरिने कार्यतालिका रहेको थियो । तर, विशेष कार्य व्यस्तताले नगर प्रमुख बुढाथोकी र वडाध्यक्ष तामाङ उपस्थित हुन नसकेपछि उहाँहरूको सम्मान कार्यालयमा नै भेटेर दिने आयोजकले जनाएको छ ।
त्यस्तै सोही अवसरमा आयोजकले प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली र सञ्चारकर्मीद्वय लक्ष्मी उप्रेती र युवराज आचार्यलाई समेत सम्मान गरेको छ ।
आयोजक देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश खरेलको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रमको सञ्चालन सचिव फडिन्द्र घिमिरेले गरेका थिए ।

सांसद मैनालीद्वारा अनुगमन
नेपालको पूर्विद्वारसंगै रहेको देवकोटा पार्कलाई पर्यटकीय स्थलको रूपमा विकसित गरिरहेको छ । यसलाई थप भौतिक सुविधा सम्पन्न बनाउन यसै क्षेत्रबाट निर्वाचित प्रदेश सांसद श्रीप्रसाद मैनालीले बजेट विनियोजन गरि कार्य समेत सम्पन्न भइसकेको छ ।
सांसद मैनालीले पछिल्लो समय पार्क धेराबारा (पर्खाल) बनाउन लागत सहभागीसहित २० लाख बजेट विनियोजन गरेर निर्माण कार्यसमेत सम्पन्न भए पछि आज सांसद मैनाली सहितको टोलिले स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा सांसद मैनालीले भने, युवाहरूको टिमले छोटो समयमा देवकोटा पार्कलाई सफलता तर्फ अगाडि बढाएकोमा खुलेर प्रशंसा गरे । साथै उनले आगामी दिनमा पनि देवकोटा पार्कलाई आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता जाहेर गरे ।
‘हरिबहादुरको जुत्ता’लाई दर्शकको साथ, बढ्यो शो

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
जेनजी आन्दोलनका सहिदहरुको स्मृतिमा मेचीनगरमा म्याराथन दौड प्रतियोगिता

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...
बाढीपहिरो अपडेट : झापामा एकको मृत्यु, २५ हजारबढी विस्थापित

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...
बाढीपहिरो अपडेट : देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना

झापा । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका...