मेचीनगर १० को पहिलो निर्णय : प्राविधिक सेवा सहितको निशुल्क हेल्प डेस्क
मेचीनगर । मेचीनगरमा बिहीबार सफद खाएसँगै मेचीनगर नगरपालिका वडा नं १० का नवनिर्वाचित वडा अध्यक्ष नारायण खनालले पदभार समालेका छन् । पदभार सम्हाल्न वडा कार्यालय पुगेका वडाध्यक्ष खनालले पूर्व जनप्रतिनिधिहरुले प्रयोगमा ल्याएका घुम्ने कुर्सीलाई हटाएर काठको कुर्सीमा बसेर पदभार ग्रहण गरेका हुन् । ।
वडा कार्यालयमा सुख सुविधा भोग्न नआएको भन्दै वडा अध्यक्ष खनालले यस अघिको घुम्ने कुर्सी हटाएर काठको कुर्सीमा बसेर पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । जनप्रतिनिधि बन्नु सुख भोगको लागि नभएको बताएका खनालले भने, ‘म सुख सुविधा भोग्न आएको होईन, ‘मलाई घुम्ने कुर्सी चाहिदैन, काठको कुर्सीमा नै बसेर जनताको सेवा गर्छु ।’
वडा अध्यक्ष खनालले वडावासीको सुविधाको लागि प्रविधि र प्राविधिक सेवा सहितको निशुल्क हेल्प डेस्क स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरेर पद बहाली गरे । उनले भने, ‘अब वडा कार्यालयमा चाहिने कागजातको फोटोकपी वडा कार्यालयमा नै निशुल्क रुपमा गरिनेछ ।’
वडा अध्यक्ष खनालले पहिलो दिन कर्मचारीहरुलाई सम्बोधन गर्दै कार्यालय समय भन्दा ५ मिनेट आगाडी नै कार्यालयमा आइपुग्न सबैलाई निर्देशन दिएका छन् ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

